प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको छ : गृहमन्त्री

प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको छ : गृहमन्त्री

जनकपुरधाम :  गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजनसहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुनेगरी नयाँ कानुन बनाउन लागिएको बताएका छन्।

 सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरूमा सहभागी हुन बिहीबार जनकपुर आइपुगेका गृहमन्त्री लेखकले विमानस्थलमा पत्रकारहरूसँग  कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमतिपछि संसदमा पेश हुने बताए।

प्रहरीसम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरू धमाधम हुने उनको दावी छ ।  वर्तमान सरकार डेलिभरि गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाइज नहुने र मुलुकमा शान्ति सुव्यस्था र विधिको शासन कायम हुने उनको भनाइ छ।

गृहमन्त्री लेखकले राजनीतिक स्थितरता,आर्थिक गतिविधि बढाउन, संघीय लोकतान्त्रिक व्यवस्था र समावेशितासहितको संविधान र विधि बचाउन तथा सार्थक बनाउन वर्तमात सरकार अगाडि बढिरहेको बताए। उनले त्यसै अनुसारको कार्यसम्पादन पनि भइरहेको उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.