हुन्डाईको फेष्टिभ डिलाइट अफर सार्वजनिक, यस्ता छन् सुविधाहरू
काठमाडौं : हुन्डाई गाडीका लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैं-तिहार लक्षित फेष्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूको दसैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि गाडी खरिद गर्ने १ जना भाग्यमानीले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्रमार्फत् प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।
हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोवाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिदै आएको छ । हुन्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा १० लाखसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
आफ्ना ग्राहकहरूको सन्तुष्टिको निमित्त हुन्डाईले समय सापेक्षिक ग्राहक लक्षित योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ । भदौ ११ गते सुरू हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकहरूले पनि यस योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीले विश्वास लिएको छ।
नाडा अटोशो २०२४ मा हुन्डाईको स्टल भ्रमण गरेर सम्पूर्ण महानुभावहरूले हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ ।
यसै अवसरमा हालै चलिरहेको ‘‘Hyundai Test Drive and Win’क्याम्पेन अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गइ हुन्डाई गाडीको लाइनअपहरू मध्यबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन्।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १६ शोरुमहरू, १९ सर्भिस सेन्टरहरू तथा ४३बढि चारजिङ पोइन्टमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करोडौं ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।