अविरल वर्षाले कैलालीमा ५ सय घर डुवानमा

अविरल वर्षाले कैलालीमा ५ सय घर डुवानमा
तस्बिर : शिवराज भट्ट

धनगढी  : मंगलबार रातिदेखि परिरहेको अविरल वर्षाले कैलालीका ५ सय परिवारका १७ सयजना जना प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिका डुबानबाट बढि प्रभावित भएको हो।

दुबै स्थानीय तहमा ५ सय घर डुवानमा परेका छन् । कैलारी गाउँपालिकाको मनिकापुर र बन्दरगौडीका १६ परिवार विस्थापित भएका छन् । उनीहरूलाई स्थानीय विद्यालयमा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

null 

भजनी र कैलारीसँगै जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, घोडाघोडी र गौरीगगा नगरपालिकाका अधिकांश बस्ती जलमग्न भएका छन् । भजनीमा मात्रै ४ सय बढी घर डुबानमा परेको जोशीले जानकारी दिए । कैलारी- ५ वयनपुरमा घरभित्र पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई पानीले बगाएको थियो । 

उनको उद्धार पछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । अहिले पनि कैलालीमा साना ठूला नदीमा पानीको बहाव बढिरहेको छ भने निरन्तर वर्षा भइरहेको छ । बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयलाई सुरक्षित ठाउँमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ । 

अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसहितका सुरक्षा अधिकारी डुवानग्रस्त क्षेत्रको अवलोकनमा निस्किएका छन्।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.