दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्री देउवाको आग्रह

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्री देउवाको आग्रह

नयाँ दिल्ली : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियाका साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन्।

आज नयाँ दिल्लीमा उनीहरूसँग शिष्टाचार भेटका लागि पुगेका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के. के. अग्रवालसँग उनले दक्षिण एसियामा देखा परिरहेको जलवायु परिवर्तनको असरलगायत साझा समस्यामा ध्यान दिन आग्रह गरेकी हुन्।

‘जलवायु परिवर्तन त अहिलेको यस क्षेत्रकै ज्वलन्त समस्या भयो। त्यस्तै अरु पनि हाम्रो दक्षिण एसियाली क्षेत्रका कैयौँ साझा समस्या छन्।’ अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री देउवाले भनिन्, ‘ ती समस्याको समाधानका लागि यो विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरुले संयुक्त रुपमा अनुसन्धान गरी उपायहरू सुझाउन सकेमा राम्रो हुन्छ भन्ने मलाई लाग्छ।’ 

भेटमा विश्वविद्यालयका अध्यक्ष प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरूका बारेमा जानकारी गराउँदै यस अन्तर्गत नेपाल क्याम्पस स्थापना गर्न प्रस्ताव गरे। सो विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ। सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरू यो विश्वविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ।  

गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री देउवाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस.जयशंकर, भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग शिष्टाचार भेट गरेकी थिइन्। उनी आज अपरान्ह स्वदेश फर्कँदै छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.