सामसङको ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार

सामसङको ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार

काठमाडौं: सामसङले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजमा सर्कल टु सर्च सुविधा विस्तार गरेको छ।

सामसङ-गुगलको सहकार्यमा निर्मित, सर्कल टु सर्चले थप ग्यालेक्सी प्रयोगकर्ताहरूलाई कुनै पनि चिज सहजै खोज्ने अनुभव प्रदान गर्छ।
सामसङ नेपालले ग्यालेक्सी इकोसिस्टममा अझ धेरै डिभाइसहरूमा मोबाइल एआईको सुविधालाई अगाडि बढाउँदै ग्यालेक्सी ए सिरिजका लागि गुगलमा सर्कल टु सर्चको उपलब्धताको घोषणा गरेको छ। 

यो विस्तारले सकेसम्म धेरै प्रयोगकर्ताहरूलाइ उत्कृष्ट मोबाइल प्रविधि उपलब्ध गराउने सामसङ र गुगलको निरन्तर समर्पणलाई जोड दिन्छ। छानिएका ग्यालेक्सी ए सिरिजमा सर्कल टु सर्चको उपलब्धतालाई पछ्याउँदै, यो नयाँ अनुभव ग्यालेक्सी ट्याब एस९ एफई मा पनि आउनेछ, जसमा ठूलो डिस्प्ले र ग्यालेक्सी एस पेनले खोज्ने कार्यमा नयाँ आयाम ल्याउँछ।

ग्यालेक्सी $24 सिरिज सुरु भएपछि सर्कल टु सर्च चाँडै नै प्रशंसकको मनपर्ने भएको छ, जसले परम्परागत खोज्ने विधिहरूभन्दा बाहिर गएर बेग्लै अनुभव प्रदान गर्दछ। पछिल्लो ग्यालेक्सी जेड फ्लिप६ जेड फोल्ड६ लगायत थप ग्यालेक्सी उपकरणहरूमा विस्तार हुँदै गएपछि सर्कल टु सर्चले पूरै पानाको अनुवाद, गृहकार्यमा मद्दत र क्यूआर र बारकोड स्क्यानिङ क्षमताहरू थप्ने सहित यसको उपयोगिता र सहजता बढाउन निरन्तर विकसित भएको छ। अब, ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका साथै सामसङका उत्पादनका अन्य लाइनअपमा पनि तपाईंले सर्कल टु सर्चको साथमा थप जटिल प्रश्नहरू सोध्ने क्षमता पाउनुहुनेछ।

‘यी अपडेट्सहरूले ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी ट्याब एस९ एफई सिरिजका लागि नयाँ सम्भावनाहरू खोल्दछ र अधिक ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि अत्याधुनिक प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई सुदृढ पादर्छ, सामसङ इलेक्ट्रोनिक्सका मोबाइल अनुभव व्यवसायका अध्यक्ष र प्रमुख टिएम रोले भने, ‘हामी धेरैभन्दा धेरै प्रयोगकर्ताका लागि बेस्ट-इन-क्लास एआई प्रविधि ल्याउन समर्पित छौं, प्रयोगकर्ताहरूलाई थप कुशलतापूर्वक काम गर्न, थप स्वतन्त्र रूपमा सिर्जना गर्नका लागि उनीहरूका उपकरणहरूसँग थप व्यक्तिगत अन्तरक्रियाको आनन्द लिन सक्ने विकल्पको साथ सशक्त बनाउँदै छौं।’

सर्कल टु सर्च भनेको एपहरू स्वीच नगरिकन साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्ने नयाँ तरिका हो। डिभाइसमा जब सर्कल टु सर्च सुविधा सक्षम हुन्छ, प्रयोगकर्ताहरूले आफूले खोज्न चाहेको पाठ, छवि वा भिडियो चयन गर्न स्क्रिनमा जहाँसुकै सर्कल, हाइलाइट वा ट्याप गर्न सक्छन्। यो सुविधा गुगलसँगको दिगो सहकार्यको परिणाम हो, जसले कम्पनीको खुलापन र सहकार्य प्रतिको लामो समयदेखिको प्रतिबद्धतालाई सार्थक बनाउँछ। एआई - संचालित परिणामहरूले समृद्ध जानकारी र सन्दर्भ प्रदान गर्दछ, सर्कल टु सर्चले अन्वेषण अनुभवलाई सहजता र उत्साहको नयाँ स्तरमा पुऱ्याउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.