एसपीपी अघि बढाउन अमेरिकाले कुनै प्रस्ताव गरेको छैन : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी)बारे कुनै प्रस्ताव नआएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको सबाल जवाफ कार्यक्रममा प्रधानमन्त्री ओलीले अमेरिकाले एसपीपी अगाडि बढाउन कुनै प्रस्ताव नगरेको प्रष्ट पारेका हुन्।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकाले एसपीपी अगाडि बढाउन दबाब दिएको तर आफूले नमानेपछि सरकारबाट बाहिरिनुपरेको आन्तरिक बैठकहरूमा बताएका थिए। सोही आधारमा सांसदले सोसम्बन्धी प्रश्न सोधेका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले भने, 'एसपीपीबारे कुनै चर्चा भएको छैन। अहिले बढाउनुपर्छ भन्ने प्रस्ताव पनि आएको छैन।'