गाउँको विकास नभएसम्म देशमा समृद्धि आउँदैन : गृहमन्त्री लेखक

गाउँको विकास नभएसम्म देशमा समृद्धि आउँदैन : गृहमन्त्री लेखक

सिरहा : गृहमन्त्री रमेश लेखकले गाउँमा विकास, सुशासन, शान्ति र समृद्धि नपुगेसम्म देशमा समृद्ध नहुने बताएका छन्। बिहीबार सिरहाको लहान नगरपालिका-१४, बस्तीपुर आश्रममा समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरिको दोस्रो स्मृतिमा सभामा पुगी उनी देशमा विकास र समृद्धि ल्याउन गाउँको विकास हुन जरुरी रहेको बताएका हुन्।

स्वर्गीय गिरिका छोरा सन्तोष गिरिले बुबाले देश विकास हुन पहिले गाउँको विकास हुन अति आवश्यक रहेको स्मरण गर्दै उनको सपनालाई पूरा गर्न आफूहरूले कार्य थालेका सुनाएका थिए। गाउँमा सेवा गर्ने उद्देश्यले प्रदीप गिरि मेमोरियल ट्रस्ट स्थापना गरी कामहरू सुरु गर्न योजना बनाएको गिरिले जानकारी गराए। सोही सन्दर्भलाई जोड्दै गृहमन्त्री लेखकले सरकारले गाउँको विकास, दिगो शान्ति र सुशासन कायम गर्ने दिशामा यो गठबन्धन सरकारले काम गरिरहेको सुनाएका छन्। 

‘स्वर्गीय नेता प्रदीप गिरी ज्ञान, सूचना र जानकारीको समुद्र हुनुहुन्थ्यो। हामी त कुवा हौं। एउटा कुवाले समुद्रको गहिराइको बखान गर्न सम्भव हुँदैन,’उनले भने,‘हामीले संविधान बनाउँदा जनजाति, मधेसी, महिला, दलित लगायतको माग सम्बोधन गराउन उहाँको प्रयासलाई भुल्न हुँदैन।’

गृहमन्त्री लेखकले गिरी अद्भुत व्यक्तित्व भएको नेता भएको र उनको ज्ञानले जो कोहीलाई आश्चर्यचकित तुल्याएको बताए। उनी नेपाली कांग्रेसको नेता भए पनि उनको अथाह ज्ञानकै कारण सबै पार्टीका नेता कार्यकर्ता, सिंगो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको लेखकको भनाइ थियो।

उनले भने, ‘उहाँको ज्ञानको स्तर यस्तो थियो कि कम्युनिष्ट पार्टीकै ठूलठूला नेताहरू भन्नुहुन्थ्यो यदि नेपालमा कम्युनिष्टकै विषयमा कोही स्पष्ट जानकार छन् भने उहाँ भनेको प्रदीप गिरी हो।’

गिरीको अभाव मुलुकलाई जहिल्यै खड्किरहने भन्दै उनले उनको आदर्श व्यक्तित्वबाट सबैले प्रेरणा लिनुपर्ने उनले बताए। ‘उहाँको जस्तो अद्भुत र अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःखको विषय हो, उहाँको अभाव खड्किरहन्छ,’ उनले भने, ‘उहाँको आदर्श व्यक्तित्वबाट हामीले धेरै कुरा सिक्नुपर्छ।’ कार्यक्रम प्रदीप गिरि मेमोरियल ट्रस्टकी अध्यक्ष भारती सिलवाल गिरिको अध्यक्षतामा भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.