सशर्त टिकटक खुलाउने सरकारको निर्णय

सशर्त टिकटक खुलाउने सरकारको निर्णय

काठमाडौं : सरकारले टिकटक खुलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटक खुलाउने निर्णय गरेको हो।

एक मन्त्रीका अनुसार टिकटकले तीन महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ। तीन महिनाभित्र प्रक्रिया पूरा नगरे पुनः बन्द गर्ने शर्त राखिएको ती मन्त्रीको भनाइ छ।

सरकारले आजैदेखि टिकटक खुलाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० कात्तिक २७ गते टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो। टिकटक बन्द भएपछि चिनियाँ पक्षले तत्कालीन र वर्तमान सरकारलाई समेत पटक-पटक खुलाउनका लागि दबाब दिँदै आएको थियो।

दाहाल नेतृत्वको सरकारले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुन थालेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको बताएको थियो। त्यसबेला अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको सरकारको निष्कर्ष थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.