करेन्ट लागेर गोरखामा युवकको मृत्यु, एक घाइते
गोरखा : गोरखामा करेन्ट लागेर युवकको मृत्यु भएको छ। बिहीबार साढे १२ बजेतिर करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २४ वर्षीय सुनिल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए।
गोरखा नगरपालिका–६ पाटेचौरस्थित निर्माणाधिन घरमा काम गर्ने क्रममा फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा त्यहाँ काम गर्ने २ जनालाई करेन्ट लागेको थियो। उनीहरू मध्य भारत घर भई हाल गोरखा सदरमुकामको पेट्रोल पम्प नजिकै बस्दै आएका २८ वर्षीय अर्मन खान घाइते भएका हुन्। खानको अवस्था भने सामान्य रहेको बताइएको छ।