मिनि ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मिनि ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

बैतडी : बैतडीमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकका साहु सुर्नया गाउँपालिका-६ घर भई हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ बस्दै आएका ३० वर्षीय जगदीश अवस्थीको रहेका छन्। 

दुर्घटनामा परी सुर्नया गाउँपालिका-६ मूलखटालीका चालक ३८ वर्षीय अम्मर अवस्थी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ का राजेन्द्र राना घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका-२ मकफलकोटमा सुपप्र ०२–००१ क ०७३४ नम्बरको मिनि ट्रक दुर्घटना भएको हो। सिल्लेगडा–कटौजपानी कच्ची सडकमा बिहिबार साँझ ७ बजेतिर मिनी ट्रक दुर्घटनामा परेको हो। 

चालक अवस्थीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। घाइतेहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ। 

ट्रक सडकबाट ५० मिटर तल खसेको बताइएको छ। छड र सिमेन्ट बोकेर जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.