‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडियो आर्कबो टेक्नोलोजिज
काठमाडौं :युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा आर्कबो टेक्नोलोजिज प्रालि जोडिएको छ । स्टार्टअप व्यवसाय गरिरहेका युवा उद्यमीहरूसँग सहकार्य गरी उनीहरूको व्यवसाय प्रवर्द्धन गराउन अन्नपूर्ण मिडियाले उक्त अभियान सुरू गरेको हो ।
शुक्रबार नेटवर्कको केन्द्रीय कार्यालयमा भएको एक समारोहमा नेटवर्क र आर्कबो टेक्नोलोजिज प्रालि सम्झौता भएको हो । सम्झौतापत्रमा नेटवर्कका तर्फबाट महाप्रबन्धक मनोज बस्नेत र टेक्नोलोजिजका संस्थापक एवं निर्देशक भुषणराज गिरीले हस्ताक्षर गरे । आर्कबो युवाहरूबाट सञ्चालित आईटी कम्पनी हो ।
आर्कबो टेक्नोलोजिज लामो समय सूचना तथा प्रविधि क्षेत्रमा अनुभव भएका व्यक्तिहरूबाट प्रवर्द्धित तथा सञ्चालित आइटी कम्पनी हो। जसले बजारको वर्तमान तथा भविष्यको आवश्यकता पूरा गर्न योग्य,दक्ष र स्वचालित प्रणाली विकास,सञ्चालन तथा प्रवर्द्धन गर्दछ।
हाल कम्पनीले Office Automation System, VPS Services, Email Services, Online Examination, Training Management, Learning Management and Web & Mobile Apps Development जस्ता चर्चित कम्प्युटर सिष्टम विकास,प्रवर्द्धन र सञ्चालन गरिरहेको छ।
‘अन्नपूर्ण जस्तो मुलुककै ठूलो मिडिया हाउसले स्टार्टअप व्यवसायीका लागि यस्तो अभियान सञ्चालन गरिदिनु अति सराहनीय काम हो,'आर्कबो टेक्नोलोजिजका संस्थापक एवं निर्देशक भुषणराज गिरीले भने,'यो अभियान स्टार्टअप व्यवसायीका लागि ऐतिहासिक अवसर पनि हो । जसमा हामीले हाम्रो प्रोडक्टको बजारीकरणका लागि निकै राम्रो प्लेटफर्म पाउनेछौं।'