ठूला दल मिल्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुन्छ : गृहमन्त्री लेखक

ठूला दल मिल्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले दुई ठूला दल एकठाउँमा आएर सरकार निर्माण गर्दा मुलुकमा व्याप्त समस्या समाधान गर्न सहज हुने बताएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषाको भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले दुई ठूलाको समिकरणबाट निर्माण भएको यो सरकारले मुलुकको आत्मविश्वास मात्रै नभई जटिल समस्या समाधान गर्न समेत सघाएको समेत दावी गरे।

१८ वर्षदेखि संक्रमणकालिन न्याय सम्बन्धि विषय निष्कर्षमा पुग्न नसकेको अवस्थामा ठूला दल एक ठाउँ आएपनि यसलाई अघि बढाउन सफल भएको उनले बताए। उनले सरकार स्थीर नहुँदा त्यसको असर प्रदेशमा समेत परेकाले ठूला दलले समाधान दिन खोजेको उल्लेख गरे। अहिले निर्माण गरिएको नयाँ समिकरण मुलुकका लागि निर्विकल्प रहेकाले यसको विकल्प खोज्न उचित नहुने उनले बताए।

उनले अहिलको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन खोजिएको समेत उल्लेख गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.