नाडा अटो सोमा दिपल एल ०७ का अलावा अर्को इभी सार्वजनिक गर्ने तयारी

नाडा अटो सोमा दिपल एल ०७ का अलावा अर्को इभी सार्वजनिक गर्ने तयारी

काठमाडौं : प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस ०७ पछि नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले यो वर्षको नाडा अटो सोमा दिपल एल ०७ इलेक्ट्रिक सेडानको सार्वजनिक गर्ने तयारी गरिरहेको छ। तर, एमएडब्लु वृद्धिले दिपल एल ०७ बाहेक नयाँ इभी मोडेल प्रदर्शन गर्ने संकेत दिएको छ। 

दिपल एल ०७ ले एस ०७ले स्थापित गरेको ड्राइभिंग अनुभवको मापदण्डलाई अझै माथि पुर्‍याउने विश्वास चांगानले लिएको छ। अघिल्लो सिब्लिंगमा जस्तो नयाँ एल ०७ मा पनि वेलकम सिट, एआर एचयुडी, जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन जस्ता इनोभेटिभ फिचरहरुका साथै ५४० किलोमिटरको आकर्षक रेन्ज पनि दिन्छ। चांगान नेपालले यो इलेक्ट्रिक सेडानले दर्शकको ध्यान तान्ने अपेक्षा गरेको छ। 

तर, एमएडब्लु वृद्धि अटोकर्पले एल ०७ बाहेक सार्वजनिक गर्ने तयारी गरेको नयाँ इभीबारे कुनै पनि जानकारी बाहिर ल्याएको छैन। ‘एमएडब्लु वृद्धिले ल्याउने यो नयाँ इभीले ड्राइभिङ अनुभवलाई पुनः परिभाषित गर्नेछ। यसले आफ्नो ट्यागलाइन दच द फ्युचरलाई नयाँ अर्थ दिनेछ,’ एमएडब्लु वृद्धिको व्यवस्थापन भन्छ, ‘अत्याधुनिक प्रविधि र नविनतम सुविधाले भरिएको यो नयाँ इभीले भविष्यको भावनालाई झल्काउनेछ जहाँ ड्राइभिंग एउटा आवश्यकता मात्र होइन, एउटा पूर्ण रुपको अनुभव पनि हुनेछ।’

एमएडब्लु वृद्धिले यो ‘गोप्य मोडल’लाई नाडा अटो सोको पहिलो दिन सार्वजनिक गर्नेछ। ‘यो इभीले एस ०७ को नवीनता र सफलतालाई पार गर्नेछ वा नयाँ स्थान सिर्जना गर्नेछ ? यसको जवाफ नाडा अटो सोको पहिलो दिन मिल्नेछ।’ कम्पनी स्रोतले अगाडि भनेको छ।

१६२ वर्ष लामो विरासत बोकेको ग्लोबल अटोमोटिभ लिडर चांगान बृहत अनुभव र नविनतम प्रविधिप्रति सदा प्रतिबद्ध रहेको जनाएको छ। विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटिएलको ब्याट्री प्रयोग भएको दिपलका इभीले अद्वितीय रेन्ज,विश्वसनियता र प्रदर्शन प्रत्याभुत गर्छ। चिनियाँको टेक्नोलोजी जायन्ट हुवावेको प्रविधि प्रयोग भएको दिपल इभीले मानव र मेसिनबीच अखण्ड सञ्चार स्थापित गर्न मद्दत गर्ने कम्पनीको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.