धादिङका दुई पालिका देशभरमै उत्कृष्ट
धादिङ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा धादिङका दुई पालिका देशकै उत्कृष्ट बनेका छन् । नगरपालिकातर्फबाट नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ बेनीघाट रोराङ गाउँपालिका सर्वाधिक अंकसहित देशकै उत्कृष्ट बनेका हुन्।
बुधबार दिउँसो मन्त्रालयमा आयोजित कार्यक्रममा नीलकण्ठ नगरपालिकालाई देशभरमध्येबाट उत्कृष्ठ घोषित गरिएको हो। मन्त्रालयले देशभरीका ७५३ वटै स्थानीय सरकारको संस्थागत क्षमता मूल्यांकन गरेको थियो । सोहीअनुसार नीलकण्ठ उत्कृष्ट,रूपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएका हुन्।
गाउँपालिकाहरूमध्ये धादिङकै बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएको छ । दोस्रोमा गुल्मीको रुरूक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका तेस्रो भएको छ । देशभरका नगरपालिका र गाउँपालिकामध्ये नीलकण्ठ नगरपालिकाले ९२.५० अंक र बेनीघाट रोराङ गाउँपालिकाले ८७ अंक पाएको छ ।
'सुशासन,आर्थिक पारदर्शीता,जवाफदेहिता,प्रवाह भइ रहेका सेवा,सूचनाको हकलगायत विभिन्न सूचकमा नगरपालिकाले उत्कृष्ट नजिता ल्याएको छ,'उनले भने,‘जनप्रतिनिधि,कर्मचारीको काम र नगरबासीको सुझाव तथा उत्प्रेरणाले नीलकण्ठ नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बनेको हो नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिमप्रसाद ढुंगानाले बताए ।’
यो उत्कृष्ट नतिजाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रहरूमा थप परिस्कृत गर्न उत्साह थपेको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताए । ‘२०७२ सालमा स्थापना भएको नगरपालिका उमेरको हिसावले कान्छो भएपनि नरपालिकाले गरेको कामको लिजाको मूल्याङ्कनमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो,'उनले भने । यो सम्मानले नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई थप हौसलासँगै आगामी दिनमा थप सुधार गर्न उत्प्रेरण मिलेको छ ।’
विकास निर्माण,शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, आर्थिक पारदर्शीता,जवाफदेहितालगायत हरेक क्षेत्रमा स्थानीय सरकारलाई दिएको काम, कर्तव्य र अधिकारको उच्चतम कार्यान्वयनले देशकै उत्कृष्ट गाउँपालिका बन्न सफल भएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले बताए ।
देशैभरको उत्कृष्ट गाउँपालिकाको रुपमा छनौट हुनुले जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवारी बोध गरेको बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बताए ।