गोरखा : तनहुँको आँबुखैरेनीमा दुर्घटनाग्रस्त बसमा ४३ जना यात्रु रहेको खुलेको छ। शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनास्थलबाट १४ जनालाई अचेत अवस्थामा र १५ जनाको घाइते अवस्थामा उद्धार गरिएको तनहुँ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए ।
प्रहरीका अनुसार बसमा दुईजना बस स्टाफसहित ४३ जना सवार थिए। अन्य यात्रुको खोजिकार्य जारी छ। यात्रुको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी,नेपाल प्रहरी र गोताखोरको टोली खटिएको छ।