आँबुखैरेनी बस दुर्घटना

चिकित्सको टोली लिएर बस दुर्घटनास्थलतर्फ गयो सेनाको हेलिकोप्टर

चिकित्सको टोली लिएर बस दुर्घटनास्थलतर्फ गयो सेनाको हेलिकोप्टर

काठमाडौं : मेडिकल टिमसहित लिएर सेनाको हेलिकोप्टर बस दुर्घटनास्थलतर्फ गएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मेडिकल टिमसहितको टोली लिएर हेलिकोप्टर केहीबेर अघि दुर्घटनास्थल तर्फ गएको हो।

पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसको थियो।

दुर्घटनास्थलबाट १५ जना अचेत र १४ जनाको घाइते अवस्थामा उद्धार गरिएको तनहुँ प्रहरीले जनाएको छ। बसमा ४३ जना यात्रु रहेको खुलेको छ। अन्य यात्रुको भने खोजि जारी रहेको प्रहरीले जनाएको छ। उद्धारमा गोताखोरको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.