आँबुखैरेनी बस दुर्घटना: भैरहवा नाकाबाट भित्रिएको थियो भारतीय बस ( अपडेट )

आँबुखैरेनी बस दुर्घटना: भैरहवा नाकाबाट भित्रिएको थियो भारतीय बस ( अपडेट )

भैरहवा : तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मर्स्याङ्दी नदीमा खसेको भारतीय नम्बरको यात्रुवाहक बस रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट भित्रिएको खुलेको छ। पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रवार मर्स्याङ्दी नदीमा खसको थियो।

 
भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बर प्लेटको भारतीय बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पूरा गरी बेलहिया नाकाबाट नेपालमा भित्रिएको हो। उक्त बस भदौ ११ गते फर्किने गरी प्रवेश गरेको हो। 

दुर्घटनामा परेको बसमा सवार यात्रुहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन। यूपीको गोरखपुरमा रहेको केसरवानी ट्रभाल्सबाट बुक गरिएको बसमा पर्यटकहरू नेपाल आएका थिए। बसमा सवार यात्रुहरू भारतको महाराष्ट्रको रहेको बताइएको छ। 

उनीहरू भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुँदै नेपाल भित्रिएका थिए। ११० जना पर्यटकहरूको नेपाल भ्रमणका लागि केसरवानी ट्राभल्सबाट तीन वटा बस बुक गरिएको थियो। जसमध्ये ४५ सिट संख्या रहेको उक्त एउटा बसको दुर्घटना भएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.