आँबुखैरेनी बस दुर्घटना: बस सञ्चालकले भने- ‘दुःखद घटना भयो, हामी आउँदैछौँ’

आँबुखैरेनी बस दुर्घटना: बस सञ्चालकले भने- ‘दुःखद घटना भयो, हामी आउँदैछौँ’

भैरहवा : तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मर्स्याङ्दी नदीमा खसेको भारतीय यात्रुवाहक बसमा सवार पर्यटकहरू भारतको महाराष्ट्र प्रदेशको रहेको खुलेको छ।

पर्यटकहरू भारतको गोरखपुरस्थित केसरवानी परिवहन नामक ट्राभल्सबाट बस बुक गरी नेपाल भ्रमणमा आएका थिए। बसमा सवार यात्रुहरू महाराष्ट्र प्रदेशको रहेको केसरवानी परिवहनका (बस)का सञ्चालक अतुल केसरवानीले जानकारी दिए।

‘नेपाल भ्रमणमा एक सय १० जना पर्यटकका लागि तीनवटा बस बुक गरिएको थियो’, केसरवानी परिवहनका (बस) सञ्चालक अतुल केसरवानीले अन्नपूर्ण पोस्ट अनलाइनसँग टेलिफोन कुराकानीमा भने, ‘दुःखद घटना भएको छ। हाम्रो टोली यहाँबाट नेपालका लागि निस्कने तयारीमा छ। हामी आउँदैछौँ। अहिले हामी यहाँ प्रशासनसँग कुराकानी गरिरहेका छौँ।’ 

पर्यटकहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रबार पोखराबाट काठमाडौंतर्फ तर्फ गर्दा मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटना भएको उक्त बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पुरा गरी बेलहिया नाकाबाट मुलुकमा भित्रिएको भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाले जनाएको छ। उक्त बस भदौ ११ गते फर्किने गरी प्रवेश गरेको थियो। पर्यटकहरू भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुँदै नेपाल भित्रिएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.