पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं  : एनएसजेएफ पल्सर स्पोर्टस अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ। 

नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै भाद्र २८ गते हुने अवार्डका लागि पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको हो। पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटका गुलशन झा, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट, फुटबलकी प्रिती राई तथा रग्बीका श्रीराम श्रेष्ठ मनोनयनमा परेका छन्।

२१ औं संस्करणको स्पोर्टस अवार्डमा १० विधा समावेश गरिएको छ। वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने मञ्चले जनाएको छ।

कार्यक्रममा अवार्डका लागि भोटिङ पार्टनरमा इसेवासँग एनएसजेएफले सम्झौता नवीकरण गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.