अन्नपूर्णको स्टार्टअप अभियानसँग अर्वान हस्पिटालिटिले गर्यो सहकार्य

अन्नपूर्णको स्टार्टअप अभियानसँग अर्वान हस्पिटालिटिले गर्यो सहकार्य

काठमाडौं :  युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा अर्वान हस्पिटालिटि  प्रालिले पनि सहकार्य गरेको छ ।  स्टार्टअप व्यवसाय गरिरहेका युवा उद्यमीहरूसँग सहकार्य गरी उनीहरूको व्यवसाय प्रवर्द्धन गराउन उक्त अभियान सुरू गरिएको हो।

शुक्रबार नेटवर्कको केन्द्रीय कार्यालयमा भएको एक समारोहमा नेटवर्क र अर्वानबीच सहकार्य सम्झौता भएको छ । सम्झौता पत्रमा नेटवर्कका तर्फबाट महाप्रबन्धक मनोज बस्नेत र अर्वान हस्पिटालिटिको निर्देशक रोभिका गुरुङले हस्ताक्षर गरेका हुन्।

अर्वान हस्पिटालिटीले सेवामूलक व्यवसायमा लगानी गरी व्यवसाय सञ्चालन गरिरहेको छ । अर्वानले ‘पोखरा प्रिज्जा हाउस’ब्रान्डमा पोखरा, काठमाडौंको धुम्वाराही र ललितपुरको कुपन्डोलमा व्यवसाय गरिरहेका छ ।

‘अन्नपूर्ण मिडियाले हामी युवा उद्यमीहरूको हौसला बढाउन सुरू गरेको अभियानमा सहकार्य गर्न पाउँदा हर्षित छौं,'अर्वान हस्पिटालिटिको निर्देशक रोभिका गुरुङ भनिन्, ‘यसले हाम्रो ब्रान्डिङलाई बजारीकरण गर्नमा ठूलो सहयोग गर्नेछ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.