कांग्रेस बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ : कांग्रेस-एमाले नेतृत्वको सरकारलाई भारतले राम्रो 'रेस्पोन्स'गर्यो

कांग्रेस बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ : कांग्रेस-एमाले नेतृत्वको सरकारलाई भारतले राम्रो 'रेस्पोन्स'गर्यो

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमणबारे जानकारी गराएकी छन्।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. राणाले शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा भ्रमणबारे जानकारी गराउँदै भारत भ्रमण सफल भएको बताइन्।  नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न यस भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको जानकारी पनि उनले बैठकलाई दिइन्।

परराष्ट्रमन्त्री डा. राणा भारतको चार दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएकी हुन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको बताइन्।

उनले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’गरेको आफूले पाएको अनुभव बैठकमा सुनाइन्। मन्त्री डा. राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एसजयशंकरसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरू राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरूका माध्यमबाट सहयोग र सहकार्य थप प्रवर्द्धन गर्न मार्गदर्शन गरेको उनको भनाइ छ।

भ्रमणका क्रममा गत सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र त्यस भेटका क्रममा आपसी हित तथा विद्यमान सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचारको आदानप्रदान भएको उनले जानकारी  गराइन्।  भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेको र प्रधानमन्त्री मोदीले उपयुक्त समयमा आफू नेपाल आउने बताएको जानकारी मन्त्री डा .राणाले दिइन्।

सोही दिन विदेशमन्त्री एस.जयशंकरसँग भएको भेटवार्तामा आपसी हितका साथै उर्जा,व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधारलगायतका विषयमा कुराकानी भएको उनले जानकरी दिइन्।

भ्रमणका क्रममा उठाइएका नेपालको चासो र हितका विषयहरूको कार्यान्वयन गरी पूर्णता दिन संयुक्त संयन्त्र एवं अन्य निकायद्वारा प्रक्रिया छिट्टै अगाडि बढाइने पनि उनले जानकारी दिइन्। बैठकमा मन्त्री डा .राणाले नेपाली कांग्रेसले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्वको विषयलाई थप ध्यान दिनुपर्ने धारणा राखेकी थिइन्। उनले पार्टीभित्र अनुशासन अति जरुरी रहेको बताइन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.