तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि

तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि
दुर्घटनाग्रस्त बस।

तनहुँ : तनहुँ बस दुर्घटनामा २७ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ। उनीहरूको तनहुँको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ।

प्रहरीका अनुसार मृतक २६ जनाको आँबुखैरेनी अस्पतालमा पोस्टमार्टम भइरहेको छ। एक जनाको भने चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

'अहिलेसम्म २७ जनाको मृत्यु भएको पुष्टि भएको छ। पोस्टमार्टम भएपछि मात्रै आधिकारिक कुरा आउँछ,' प्रहरी स्रोतले भन्यो।

बस दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेहरूलाई काठमाडौं पठाइएको हो। प्रहरीका अनुसार उनीहरूको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको बस आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो बसमा ४३ यात्रु सवार रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.