निर्माण व्यवसायमा देखिएका समस्याहरू सबै मिलेर समाधान गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

निर्माण व्यवसायमा देखिएका समस्याहरू सबै मिलेर समाधान गर्नुपर्छ : मुख्यमन्त्री कँडेल

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकास र समृद्धिका लागि निर्माण व्यवसायमा देखिएका समस्याहरू सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन्। 

कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशको पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन्। उनले निर्माण व्यवसायीहरूको लापरबाहीका कारण सरकारले आलोचना खेप्नु परेको बताए। उनले भने, ‘परीक्षामा निर्माण व्यवसायी सहभागी हुने अनि फेल चाहिँ हामी सरकार हुने अवस्था भयो। निर्माण व्यवसायीले राम्रो काम गरे। समयमै काम गरे सरकारले पनि काम गरेको देखिन्छ। कर्णाली प्रदेश सरकारले बजेट खर्च गर्न नसक्नुको समस्या पनि विकास निर्माणका योजनामा हुने ढिलासुस्ती हो। यो समस्या हल हुन जरुरी छ।’ 

उनले कर्णालीको विकासका लागि निर्माण व्यवसायी, राजनीतिकर्मी र नागरिकबीच तालमेलका साथ अगाडि बढ्नुपर्ने बताए। उनले भने, ‘गाउँमा योजना जाँदा मैले ल्याएको भनेर उपभोक्तामा बस्नेहरूको कमी छैन। पहल गर्नेलाई धन्यवाद। तर योजना त्यहाँका सेवाग्राही आम नागरिकको हो। त्यसलाई व्यक्तिको विकास बनाउने गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ।

मुख्यमन्त्री कँडेलले संघीय संसदमा र संघीय सरकारमा सहभागी ठेकेदारहरूले जिल्लामा लिएका प्रदेशको राजधानीमा नै सडकको हरिबिजोक रहेको बताउँदै आफूले जिम्मा लिएको काम समयमै सम्पन्न गर्न सबै निर्माण व्यवसायीलाई निर्देशन दिए। उनले भने, ‘तपाईंहरू पुरस्कृत हुनेगरी काम गर्नुस्। त्यसपछि सरकारले समयमै भुक्तानी र अन्य सहजीकरण गर्नेछ। काममा लापरबाही गर्ने र अतिरिक्त शुल्क तिरी भुक्तानी लिनुपर्ने समस्या सधैंका लागि निर्मूल बनाऊ। राम्रो काम गरेपछि अतिरिक्त शुल्क तिर्नु पर्दैन।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.