संसदीय छानविन समितिमा रवि लामिछानेको बयान

मैले ऋण लिएको छैन, अरुले लिएको ऋणको जिम्मा लिन सक्दिनँ : रवि लामिछाने

मैले ऋण लिएको छैन, अरुले लिएको ऋणको जिम्मा लिन सक्दिनँ : रवि लामिछाने

काठमाडौं : पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू कुनै पनि सहकारीको सदस्य नभएको र ऋणसमेत नलिएको दाबी गर्दै अरुले लिएको ऋणको जिम्मा लिन नसक्ने बताएका छन्। 

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले शुक्रवार लिएको बयानमा लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको दाबी गरे। गोरखा मिडिया नेटवर्क प्रालि तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग सहकारीबाट मिडिया नेटवर्ककालागि  सहकारीबाट लिइएको ऋणको विषयमा विभिन्न प्रश्न गरिएको थियो।

‘मैले १५ प्रतिशत स्वेट शेयर वापत लिएको थिएँ। यो कुरा सार्वजनिक रूपमा पनि  भनिसकेको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै समितिका एक सदस्यले भने, ‘म सहकारीको सदस्य हैन। कुनै पनि ऋण सहकारीबाट लिएको छैन। म सहकारीबाट मिडियाले लिएको ऋणको जिम्मा लिन सक्दिनँ।’ 

समिति सदस्यका अनुसार, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसँग व्यवसायिक सम्बन्ध मात्र रहेको लामिछानेले  बताएका थिए। विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमका सम्बन्धमा उनले अनविज्ञता देखाए। ‘आर्थिक व्यवस्थापनको पाटोमा मलाई कुनै जानकारी हुने कुरा भएन। छैन पनि,’ लामिछानेले भने। 

विभिन्न सहकारीबाट लिइएको ऋण र आफ्नो नाममा लिइएको ऋण, कागजात लगायतका सबै विषयहरूमा आफ्नो कुनै जानकारी र संलग्नता नरहेको लामिछानेको जिकिर थियो। गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकका रूपमा मात्र कार्य गरेको उल्लेख गर्दै लामिछानेले आर्थिक र व्यवस्थापकीय पाटोमा  नेटवर्कका अध्यक्ष जीवीराईलाई जानकारी हुने बताएका थिए। 

समितिले सोधेका कतिपय प्रश्नमा लामिछानेले ठाडै अस्वीकार गरेका थिए। बयानको क्रममा लामिछानेले आफू कुनै पनि सहकारी सदस्य नभएको  दावी गरेका थिए। ‘गोरखा मिडिया नेटवर्कमा जागिर मात्र गरेको हुँ,’ लामिछानेले भने, ‘सहकारीबाट लिइएको ऋणको विषयमा जिम्मा लिन सक्दिनँ।’ 

समिति सभापति सूर्य थापाका अनुसार, लामिछानेले आर्थिक स्रोत जुटाउने कार्य जीबी राईले गर्ने गरेको बताएका थिए। ‘कहाँबाट कसरी रकम प्राप्त भयो भन्ने कुरा जीबीराइ नै थाहा हुने विषय राख्नु भएको छ,’ थापाले भने। 

बयान दिएर फर्केपछि सञ्चारकर्मीसँग बोल्दै लामिछानेले सहकारी पीडितको विषयमा आफूले यस अघि पनि पटक-पटक आवाज उठाएको बताए। ‘मकै पोलेर रकम जम्मा गरेकाहरुको रकम हो। राजनीति दलको नेताको हिसाबले मेरो जिम्मेवारी हो,’ लामिछानले भने, ‘सहकारी पीडितका पक्षमा यस अघि पनि बोलेको छुँ। बचतकर्ताहरूको वचत फिर्ता नभएसम्म म, पार्टीका नेताहरू अन्तिमसम्म सबैभन्दा बढी लड्न तयार छौं।’

समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग शुक्रबार विहान बयान लिएको थियो। त्यसलगत्तै बयान दिएका लामिछानेलाई सोध्न झण्डै ५० प्रश्न तयार गरिएको थियो। साँझ पाँच बजेसम्म झण्डै आधा प्रश्न मात्र सोधिएको एक सदस्यले बताए। लामिछानेसँग तीन घण्टा सोधपुछ गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.