माओवादी केन्द्रभित्र विवाद

भरत साहलाई प्रचण्डको निर्देशन : संसदीय दलको नेताबाट राजीनामा दिनू

भरत साहलाई प्रचण्डको निर्देशन : संसदीय दलको नेताबाट राजीनामा दिनू

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशका नेता भरत साहलाई राजीनामा दिन निर्देशन दिएका छन्। नेकपा माओवादी केन्द्र मधेश प्रदेशका संसदीय दलका नेता साहलाई दुई महिनाभित्र दलको नेताबाट राजीनामा दिन निर्देशन दिएका हुन्। 

मधेश प्रदेशको अर्थमन्त्री भएको बेला साहले व्यापक मनमौजी गर्दै आफू खुसी योजना बाँडेको,संसदीय दलका सदस्यहरुलाई समेट्न नसकेको तथा पटक–पटक केन्द्रको निर्णय विपरीत सरकार ढाल्न चलखेल गरेको आरोप खेप्दै आएका उनलाई प्रचण्डले राजीनामा दिन निर्देशन दिएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले जानकारी दिए। उनले भने,‘अध्यक्ष प्रचण्डले नेता साहलाई दुई महिनाभित्र राजीनामा दिन निर्देशन दिनुभएको छ। यसले नेता साहको सहज पनि हुने र कारबाहीको पाटो पनि बन्द हुन भएकोले मध्यमार्गी बाटो पहिल्याएर यस्तो निर्देशन आएको हो।’ 

‘करिब तीन हप्ता अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा भरतजीले व्यापक अनियमितता गर्नुभयो। गुटबन्दीमा लाग्नुभयो, एकलौटी गर्नुभयो। एक दुई जनाबाहेक उहाँले कसैको कुरा सुन्नुभएन,’ उनले भने।

नेकपा माओवादी मधेश प्रदेशका दुई तिहाइ प्रदेशसभा सदस्यहरुले संसदीय दलका नेता भरतप्रसाद साहलाई पदबाट हटाउन गत असार २५ गते अविश्वास प्रस्ताव पेश गरेको थियो। दलको नेतृत्वको विषयमा आफूहरूको विश्वास गुमेको कारणले ६ जना सांसदले साहविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए।

मधेस प्रदेशमा माओवादीका ९ जना प्रदेश सभा सदस्य छन्। तीमध्ये प्रमुख सचेतक फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले हस्ताक्षर गरी साह विरुद्धको अविश्वास प्रस्ताव उपनेता समिर भट्टराई समक्ष पेश गरेका थिए। ‘करिब तीन हप्ता अर्थमन्त्री हुँदा बजेट बनाउने क्रममा भरतजीले व्यापक अनियमितता गर्नुभयो। गुटबन्दीमा लाग्नुभयो, एकलौटी गर्नुभयो। एक दुई जनाबाहेक उहाँले कसैको कुरा सुन्नुभएन,’ अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका एक सांसदले भने, ‘पिएलएमबिआइएस सिस्टममा कर्मचारीले ह्याक गरी बजेटमा गडबडी गरेको भनी उहाँले वाहियात दोषारोपण गर्नुभयो जबकि त्यसमा उहाँले नै धेरै चलखेल गर्नुभएको हो।’

काठमाडौंमा भएको बैठकबाट साह संसदीय दलका नेताबाट राजीनामा दिए पश्चात संसदीय दलको नेता चयन गरिने भएको स्रोतको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.