सहकारीबाट ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिएनन् : लामिछाने

सहकारीबाट ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिएनन् : लामिछाने

उनले भने, ‘प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको प्रमाण छ भनेर संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको बताएका छन्। चितवनको राप्ती नगरपालिकाको डडुवामा आज आयोजित पार्टी कार्यक्रममा उनले हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आएको जानकारी दिए।

‘प्रमाण छ भनेर कुर्लनेले न संसद,न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए।’ उनले भने,‘प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’

सभापति लामिछानेले संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बद्नाम गर्न खोजिएको दोहोर्‍याए। 

भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने दोहोर्‍याएका सभापति लामिछानेले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने बताए। उनले बहुमतको बलमा पेल्ने खोजिए परिणाम नराम्रो हुने चेतावनी दिए। उनले भने, ‘संसदमै कडा प्रतिवाद गछौं, सुनुवाइ नभए जुनसुकै हदमा पनि जान सक्छौं।’ null

उनले दुई ठूला दल कांग्रेस र एमालेको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टी गर्नुपर्ने बताए। ‘सामान्यतया संसदका दुई ठूला दलको सरकार बन्नु राम्रो होइन’ लामिछानेले भने, ‘तर, जनताको पक्षमा सरकारले प्रभावकारी काम गर्न सकेन भने यो अबसर उहाँहरुको लागि ‘अन्तिम भोज’जस्तै हुनेछ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.