टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे आज ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, संघीय सांसदरूरु दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायतले सो माग प्रस्तुत गरेका थिए।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले उक्त विमानस्थल स्तरोन्नतिका साथै लमही-घोराही-तुल्सीपुर सडक विस्तारका काममा  सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.