मोरङद्वारा साउदीमा तिज कार्यक्रम

मोरङद्वारा साउदीमा तिज कार्यक्रम

साउदी : नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज आउन केही दिन बाँकी रहँदै गर्दा साउदीको शहर रियादमा पनि तीज विशेष कार्यक्रम सुरु भएको छ। २३ अगस्ट २०२४ का दिन मोरङ सुनसरी सेवा समाज साउदी अरेबियाले  हरितालिका तिज विशेष कार्यक्रम  सम्पन्न  गरेको छ।

कार्यक्रममा पानसमा बत्ती बालेर सुरु गरेसँगै राष्ट्रिय गानबाट सुचारु गरिएको थियो  भने आयोजकले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत मन्तव्यसहित हरितालिका तीजको शुभकामना र तीजको महत्व बारे प्रस्ट पारेको थियो।

कार्यक्रममा दूतावास  रियादमा कार्यरत कर्मचारीहरूका पारिवारिक महिलाहरू विशेष अतिथिका रुपमा उपस्थित भएर तिजको शुभकामना  दिनुको साथै  तिजको रहर आयो बरि लै गीतमा सामूहिक रूपमा नृत्य  समेत प्रस्तुति गरेका थिए। तिजको रहर आयो बरि लै, रमाइलो गरौं सँगी हो तिजको लहर , चिटिक्कै भाकी छौ रे, खाउँकी की नखाउँ दर कोसेली, कोही छैन सँग सँगै घुम्न, हरिया हरिया जस्ता रिमिक्स तिजका विभिन्न गीतहरूमा उपस्थित दिदी बहिनीहरूले कम्मर मर्काएर नाच्दै रमाइलो गरेका थिए।

कार्यक्रम  सभापति कल्पना बस्नेतले कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद दिँदै तिजको महत्व साथै प्रवासमा तिज मनाउँदाको रमाइलो पलबारे  जानकारी दिँदै तिजको गीतमा आफ्नो नृत्य समेत प्रस्तुत गर्दै उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेकी थिइन।

साथै पारिवारिक समाज, आयोजक समूह, स्थानीय बाल कलाकार, परिवार जोडीहरू तथा पुरुष कलाकारहरूले आफ्ना प्रस्तुतिहरू नृत्य तथा गायन बाट  गरेका थिए भने कार्यक्रम अवधिभरि उपस्थित महिलाहरूलाई विशेष प्राथमिकता दिएको थियो। कार्यक्रम समापनसँगै तिजको उपलक्ष्यमा दर स्वरूप खीरसहित विभिन्न किसिमका परिकारहरूको व्यवस्था सहित रात्रि भोजन गराइएको थियो।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.