कपडा पसलमा आगलागी, २५ लाखको क्षति

कपडा पसलमा आगलागी, २५ लाखको क्षति
सांकेतिक तस्बिर

विराटनगर : मोरङको उर्लाबारीमा कपडा पसलमा आगलागी हुँदा २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। 

उर्लाबारी नगरपालिका–६ मा भोलामान श्रेष्ठको घरको सटर भाडामा लिएर उर्लाबारी–७ का कूलबहादुर थापाले कपडा पसल सञ्चालन गर्दै आएका थिए। कपडा पसलको बन्द अवस्थामा रहेको सटरभित्र शनिबार बिहान १ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। 

उनका अनुसार थापाको सत्कार किड्स एन्ड मोर कपडा पसलमा आगलागी भएको हो। आगोले पसलभित्र रहेका सबै कपडा जलेर ध्वस्त भएको बस्नेतले बताए। आगलागीमा २५ लाख मूल्य बराबरको क्षति भएको उनको भनाइ छ। 

आगोले छेउमै रहेको अर्को फलफूल पसलमा पनि सामान्य क्षति पुगेको छ। फूलमाया श्रेष्ठको फलफूल पसलमा २० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

स्थानीय र दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोली आगो नियन्त्रणमा लिएको थियो। आगलागीको कारण खुल्न बाँकी छ। प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्छ। डीएसपी बस्नेतले घटनाको अनुसन्धान जारी रहेको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.