‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको प्रमुख प्रशिक्षकमा क्यानडाका प्रो.डा. धरेल
काठमाडौं : युवा उद्यमीहरूले सुरु गरेको स्टार्टअप व्यावसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको प्रमुख प्रशिक्षकमा नेपाली मूलका क्यानेडीयन नागरिक प्रो.डा. तुलसी धरेल रहने भएका छन्।
नेटर्वकले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडिएका स्टार्टअप कम्पनी र तिनका सञ्चालकहरूको हौसला बढाउन र उनीहरूलाई विभिन्न व्यावसायिक तालिम धरेलले दिनेछन्।
‘आफूसँग भएको ज्ञान, सीप र क्षमता नेपालका युवा उद्यमीहरूलाई बाँड्न पाउनु मेरा लागि अवसर पनि हो,’ धरेलले भने, ‘अन्नपूर्णले सुरु गरेका यो अभियान साह्रै सराहनीय छ।’ सधैं यस्तो अवसर नआउने भन्दै नेपालका युवा उद्यमीहरूलाई उक्त अभियानमा जोडिन उनले आग्रहसमेत गरे।
को हुन् प्रो.डा. तुलसी धरेल?
डा. धरेल सन् २००० देखि क्यानडामा बसोबास गर्दै आइरहेका नेपाली मूलका क्यानेडीयन नागरिक हुन्। उनी मार्केटिङ प्रोफेसर हुन्। सन् २००७ देखि सेन्टेनियल कलेज, टोरन्टोमा मार्केटिङ प्रोफेसरका रूपमा उनी कार्यरत छन्। उनले मार्केटिङमा एमबीए र पीएचडी गरेका छन्। क्यानेडियन मार्केटिङ एसोसिएशनले उनलाई चार्टर्ड मार्केटरको मान्यता दिएको छ। डा. धरेल क्यानेडियन मार्केटिङ एसोसिएसनको बोर्ड सदस्य र नेपलीज् मार्केटिङ एसोसिएसनको इन्टरनेशन एर्डभाईजर रहेका छन्।
उनी सामाजिक काममा पनि संलग्न छन्। उनले समाजमा गरेको योगदानको कदर गदै अन्तर्राष्ट्रियस्तरका थुप्रै संस्थाहरूले उनलाई विभिन्न अवार्डबाट सम्मान गरेका छन्। उनी अन्तर्राष्ट्रियस्तरको अनुकरणीय नेतृत्व पुरस्कार २०२३, एसियन हेरिटेज हिरो (शिक्षा) सेक्टर २०२०, क्यानाडाको शीर्ष २५ क्यानेडियन आप्रवासी पुरस्कार २०१९, उत्कृष्ट एसियन क्यानेडियन अवार्ड २०१७ र आउटस्ट्यान्डिङ मेन्टरशिप अवार्ड २०१२ बाट सम्मानि भइसकेका छन्।
त्यसैगरी उनलाई मंगोलियाको सरकारले अन्तर्राष्ट्रिय लियोरयुवा अफ द इयर अवार्ड र मानार्थबाट पनि सम्मानित गरेको छ। यसका अलावा डा. धरेल क्यानेडियन बहुसांस्कृतिक परिषदको अध्यक्ष, सदस्य (संस्थापक) एनआरएनए-क्यानडा ९२००७०, नेपाली साहित्य समाज क्यानडा ९२००४०, पशुपतिनाथ नेपाली क्यानेडियन कल्चर सेन्टर ९२००६०, कन्सर्न नेपाल क्यानडा र नेपाली क्यानेडियन हेरिटेज सेन्टरसमेत रहेका छन्।