माओवादीलाई कसैले फुटाउन सक्दैन : अध्यक्ष दाहाल
काठमाडौं : नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालले माओवादीलाई कसैले फुटाउन नसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा माओवादी केन्द्र नुवाकोट सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरूले पटक-पटक गरे पनि कसैले फुटाउन नसक्ने बताए। केही समयपछि फुटेर गएका माओवादीहरू पनि एकताबद्ध हुने भन्दै यसका लागि वार्ता चलिरहेको उनले बताए।
दाहालले पार्टीलाई बलियो बनाउँदै अघि बढाउन सके आगामी निर्वाचनमा ६४ सालको हैसियतमा पुग्ने सकिने धारणा राखे। उनले माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेको र यसैका कारण कांग्रेस-एमाले मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको जिकिर गरे। अहिलेको सरकार भ्रष्टाचारीहरूकै सरकार भएको उनले बताए।
उनले अध्यारोमा रमाउनेहरूलाई अहिले उज्यालो मन नपरेको भन्दै अँध्यराका पक्षपातिहरूले विद्युत बक्यौतामा विवाद निकालेको तर्क गरे। त्यस्तै उहानले संविधान संशोधनका नाममा मुलुकलाई पछाडि फर्काउने षड्यन्त्र माओवादी रहँदासम्म सफल हुन नदिने स्पष्ट पारे।
उनले आत्मसमीक्षाका साथ जनताको घर-घरमा जान र माओवादीले गरेका कामका बारेमा जानकारी गराउन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए।