चिनी र कपडासहित ट्रक नियन्त्रणमा

चिनी र कपडासहित ट्रक नियन्त्रणमा

भैरहवा : भैरहवा भन्सार कार्यालयले भारतबाट अवैध रुपमा भित्राइएको आशंकामा ९ लाख बढी मूल्य बराबरको चिनी र कपडासहित ट्रक नियन्त्रणमा लिएको छ।

शनिबार भन्सार कार्यालयले सशस्त्र प्रहरीको सहकार्यमा एकाबिहानै २ बजेदेखि ५ बजेसम्म चलाएको अपरेसनमा चिनी र कपडा बरामद भएको जनाएको छ। भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार भैरहवा लुम्बिनी सडकखण्डको रमवापुरबाट ७ लाख २० हजार रुपैयाँ बराबरको दुई सय ४० बोरा चिनी र दुई लाख रुपैयाँ बराबरको कपडा बरामद गरिएको हो। चिनी ढुवानीका लागि प्रयोग गरिएको ग २ ख १२९० नम्बरको ट्रक समेत नियन्त्रणमा लिइएको उनले जनाए।

चिनी ट्रकमा लोड गरेर ढुवानी गर्न लागिएको थियो भने कपडा भारतबाट मोटरसाइकलमा भन्सार छलेर भित्राइएको अवस्थामा बरामद भएको उनले बताए।

ट्रक नियन्त्रणका लागि पुगेलगत्तै ट्रक चालक गाडीको साँचो लिएर फरार भएको र कपडा नियन्त्रणका लागि मोटरसाइकल पछ्याउँदा उनीहरू कपडा छाडेर फरार भएको उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.