सुनकोशी गाडी दुर्घटना: बेपत्ता तीनैजना भक्तपुरका (अपडेट)

सुनकोशी गाडी दुर्घटना: बेपत्ता तीनैजना भक्तपुरका (अपडेट)

सिन्धुली : खोटाङको हलेसी दर्शन गरेर भक्तपुर जिल्ला फर्कँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा बेपत्ता तीनैजना सूर्यविनायक नगरपालिका भक्तपुरका रहेको खुलेको छ। 

नदीमा बेपत्ता हुनेहरूमा गाडीका चालक सूर्यविनायक नगरपालिका भक्तपुरका जगातीका ३२ वर्षीयका अविन बडे, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन्।

उक्त दुर्घटनामा सूर्यविनायक नगरपालिका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपती घाइते भएका छन्। उनी गाडीबाट हामफालेर बाँच सफल भएका थिए। उनको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

गाडीमा चारजना यात्रु सवार थिए। दुर्घटनाबारे घाइते यात्रु कक्षपतीले प्रहरीलाई जानकारी दिएका थिए। खोटाङबाट फर्किएको गाडी आफै अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल सुनकोसी नदीमा खसेको हो। 

बेपत्ताको खोजबिनका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको छ। बेपत्ताको खोजीमा दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय खटिएका छन्। गोताखोरको टोलीले सुनकोसी नदी भित्र बेपत्ता गाडी भेटेर त्यसलाई निकाल्न टुचन लगाएको र जेसीवी मगाएर नदी बाहिर निकाल्ने प्रयास भइरहेको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वला प्रसाद न्यौपानेले जानकारी दिए। 

घटनास्थलमै रहेका उपाध्यक्ष न्यौपानेका अनुसार गाडीमा टुचन अड्काएर राखिएको र टुचन छोटो भएपछि थप टुचन मगाइएको छ। सुनकोसी नदीमा पानिको बहाव बढ्दै गएको ।  गाडी निकाल्न गाउँपालिकाको जेसीभी मगाइएको उनले जनाए। गाडी दुर्घटना स्थलभन्दा करिब ५० मिटर तल फेला परेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.