फिल्ड रिपोर्टिङमा पत्रकारको अपमान

पत्रकारको डायरी

फिल्ड रिपोर्टिङमा पत्रकारको अपमान

कर्तव्य निर्वाह गर्न फिल्डमा खट्ने पत्रकारका लागि उच्च मनोबलका साथ काम गर्ने वातावरण र आधिकारिक सूचना तिर्खाएका प्यासीलाई पानीभन्दा पनि बढी आवश्यक रहेछ।

आँबुखैरेनी : पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको बस शुक्रबार तनहुँको आँबुखैरेनी ऐनापहरामा दुर्घटना भएको प्रारम्भिक सूचना प्राप्त भयो। अपुष्ट सूचना पुष्टि गरेर त्यसतर्फ लाग्दा आधाघण्टा यसै ढिलो भयो।  गोरखाबाट त्यसतर्फ प्रस्थान गर्नेमा हामी तीनजना थियौं। कान्तिपुर टेलिभिजनका भीमलाल श्रेष्ठ, कान्तिपुर पत्रिकाका हरिराम उप्रेती र म।

गोरखाबाट करिब २५ किलोमिटर पर पर्ने घटनास्थल पुग्दा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले भीर फाँडफुँड गरी डोरी टाँगिसकेको थियो। बस सडकबाट करिब १ सय मिटर मस्र्याङ्दीको बगरमा देखिन्थ्यो। अनौपचारिक रूपमा सुनियो, ‘प्रहरी र स्थानीय स्वयंसेवकहरू मिलेर घाइतेलाई पाखामा उतारिसकेका छन्। 

घटनास्थललाई सुरक्षाकर्मीले सुरक्षा घेराभित्र राखिसकेको हुँदा निश्चित क्षेत्रभित्र सर्वसाधारण र हामीले पनि प्रवेश पाएनौं। परैबाट तस्बिर लिँदै गर्दा रमितेहरूको लामबाट सुनियो, ‘ऊ बल्ल आइपुगे बाह्रभाइका सेनामेना।’ हामीले त्यो आवाज आएतिर हेर्नु थिएन। सुने पनि नसुनेझैं गर्नुको बिकल्प थिएन। 

उद्धारमा सुरक्षाकर्मीहरूको खटाइ मुक्तकण्ठले प्रशंसायोग्य थियो। घाटमा घाइते र मृतकको शव उतारिसकिएको भन्ने खबर अनौपचारिक रूपमा सुनियो। हामीले कति जना घाइते, कति जना मृतक हुन् भनेर सोध्ने चेष्टा गर्‍यौं। तर, कसैले सूचना चुहाएनन्।

घाटमा पुगेर घाइते उद्धारका केही तस्बिर खिचेर फर्किहाल्ने हाम्रो पटक–पटकको अनुरोधलाई त्यहाँ खटिएका प्रहरी अधिकृतहरूले पटक्कै स्वीकार गरेनन्। सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रयोजनका लागि मोबाइल सोझ्याइरहेकाहरूको भीडभन्दा नजिक गएर तस्बिर तथा भिडियो खिच्ने अनुमति नपाएपछि निरिह बनेर खुम्चिनुको विकल्प हामीसँग थिएन। बगरबाट पहिलोपटक उद्धार गरेर सडकमा ल्याइपुर्‍याइएको घाइतेको तस्बिर, भिडियो खिच्नु हाम्रा लागि अत्यन्त महत्वपूर्ण थियो।null

क्यामरा थोरैनजिक पुगेर तेस्र्याउन खोज्दा प्रहरी राँक्किएर घचेट्न आइपुग्थ्यो। अनि दर्शकदीर्घाबाट शब्दवाण आउँथ्यो, ‘ओई पत्रकार, साइड लाग।’ ‘यो देश बिगारेकै यही पत्रकारहरूले त हो।’, ‘त्यसै भनेको हो र रवि लामिछानेले बाह्रभाइ भनेर ?’ इत्यादि।

दुर्घटनामा परेको बससँगै आएको अर्को बसका यात्रुले दुर्घटनाग्रस्त गाडीमा रहेकाहरूको नामावली उतारिरहेका थिए। त्यही नामावली विधिवत रूपमा प्रहरी स्रोतबाट लिन खोज्दा हिरासतमा रहेका थुनुवाले कुनै कुराको याचना गरेसरह व्यवहार हुन्थ्यो। बरु त्यही नामावली भारतीय यात्रुबाट प्राप्त भयो। 

उद्धारमा सुरक्षाकर्मीहरूको खटाइ मुक्तकण्ठले प्रशंसायोग्य थियो। घाटमा घाइते र मृतकको शव उतारिसकिएको भन्ने खबर अनौपचारिक रूपमा सुनियो। हामीले कति जना घाइते, कति जना मृतक हुन् भनेर सोध्ने चेष्टा गर्‍यौं। तर, कसैले सूचना चुहाएनन्। अस्पताल परिसरमा पर्दाभित्र शव लामबद्ध सुताइएको थियो। गन्दा पनि २६ पुग्थ्यो। एक जना भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबर थियो। तर, यही वाक्य आधिकारिक रूपमा खोजेका थियौं। प्रहरी प्रमुख भन्नुहुन्थ्यो, ‘यो बोल्ने बेला होइन।’ प्रमुख जिल्ला अधिकारी भन्नुहुन्थ्यो, ‘धैर्य गर्नुस् न !’ यो विषयमा हामीले राति १० बजेसम्म धैर्य गर्‍यौं। तर, अपराह्न ४ बजेतिरै आँबुखैरेनी अस्पतालमा उतारिसकिएको २६ वटा शवको नामावली त परको कुरा संख्यासमेत औपचारिक रूपमा पाइएन। अनि हामीले ह्याकुलो मिच्याइँ गरेर समाचार ‘ब्रेक’ गर्‍यौं, ‘२७ को मृत्यु, १६ जना घाइते’ भनेर।

क्यामरा थोरैनजिक पुगेर तेस्र्याउन खोज्दा प्रहरी राँक्किएर घचेट्न आइपुग्थ्यो। अनि दर्शकदीर्घाबाट शब्दवाण आउँथ्यो, ‘ओई पत्रकार, साइड लाग।’ ‘यो देश बिगारेकै यही पत्रकारहरूले त हो।’, ‘त्यसै भनेको हो र रवि लामिछानेले बाह्रभाइ भनेर ?’ इत्यादि।

भीरमा दिनभरि संयुक्त सुरक्षा टोलीले असिनपसिन हुँदै घाइते बोक्दै थिए, डोरीको प्रयोग गरी शव तान्दै थिए। अर्कातर्फ सडकमा जाम भएर बसेका सयौं सवारी साधन, हजारौं यात्रुलाई पार गराउन प्रहरी, ट्राफिक प्रहरी खटिएका थिए। उनीहरूले आलोपालो गरी सवारीसाधनका लागि सडक एकातर्फी खुलाएका थिए। राष्ट्रसेवकहरूको यो खटाइ असीम सलामयोग्य थियो। 

अथक उनीहरूको काममा हाम्रा कारणले बाधा अड्चन पुग्छ कि भन्नेमा हामी संवेदनशील थियौं। यति हुँदाहुँदै पनि हामीसँग पनि आफ्नो दायित्व थियो, जिम्मेवारी थियो। कर्तव्य पालनाकै लागि हामी पनि फिल्डमा खटिएका थियौं। फिल्डको यथार्थ चित्रण, सत्य, तथ्य, विश्वासनीय सूचना संकलन र सम्प्रेषणका लागि हामी उत्तिकै तन, मनका साथ खटिरहेका हुन्छौं। यद्यपि जिम्मेवार भएर खटिने पत्रकारप्रति न सुरक्षा अधिकारी, न स्थानीय प्रशासनको उदार। अधिकांश सर्वसाधारणको त पत्रकार र उनीहरूको खटाइप्रति खुल्लमखुल्ला बाह्रभाइका सेनामेना भन्दै तीव्र आलोचना र कटु शब्दवाण प्रहार। 

दिनभर फिल्ड रिपोर्टिङ गरेर फर्किँदा पनि हामी तीनैजनाको रिपोर्टिङ अपूरै भएजस्तो भयो, कारण, हामीसँग आधिकारिक विवरण न घाइतेको थियो, न मृतकको थियो। अन्ततः आफ्नो मिडिया हाउसमा रिपोर्ट पठाउँदा पनि हामी अनौपचारिक तथ्यांक पठाउन बाध्य भयौं। कर्तव्य निर्वाह गर्न फिल्डमा खट्ने पत्रकारका लागि उच्च मनोबलका साथ काम गर्ने वातावरण र आधिकारिक सूचना तिर्खाएका प्यासीलाई पानीभन्दा पनि बढी आवश्यक रहेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.