‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको अमेरिकी पार्टनरमा भक्ति फाइनान्सीयल ग्रुप

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको अमेरिकी पार्टनरमा भक्ति फाइनान्सीयल ग्रुप

अमेरिका : युवा उद्यमीहरूले सुरू गरेको स्टार्टअप व्यवसायको प्रवर्दन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरू गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’अभियानमा अमेरिकी कम्पनी भक्ति फाइनान्सीयल ग्रुप जोडिएको छ । अमेरिकाको टेक्सासमा केन्द्रीय कार्यालय रहेको उत्त ग्रुप ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा अमेरिकाका लागि स्थानीय पार्टनरका रुपमा रहनेछ ।

‘नेपाली युवा उद्यमीहरूलाई सघाउने यस अभियानमा हाम्रो कम्पनी पनि जोडिन पाउँदा खुसी लागेको छ,' ग्रुपका संस्थापक सिइओ गगन केसीले भने, ‘स्टार्टअपसँग अन्नपूर्ण अभियानमा जोडिएका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसहित उनीहरूका प्रोडक्टलाई बजारीकरण गर्न हाम्रो कम्पनीले सघाउनेछ ।’

टिम भक्तिबाट अमेरिकामा लोकप्रिय रहेको उक्त कम्पनीले अमेरिकामा रहेका युवा व्यवसायीहरू उत्पादन गरी उनीहरूको ज्ञान, सिप र क्षमता बढाउनका लागि विभिन्न रचनात्मक कार्यहरू गर्दै आइरहेका छ । ‘हामीले एक सय भन्दा बढीलाई स्वरोजगार बनाइसकेका छौं,'उनले भने, ‘आगामी दिनमा अझै तीव्रताका साथ स्वरोजगार बनाउने काममा लाग्नेछौं ।’ उक्त ग्रुपमा अमेरिकामा व्यवसायी गरिरहेका १२ सयभन्दा बढी व्यवसायीहरू सदस्य रहेका छन् ।

अन्नपूर्ण मिडिया नेटर्वकका महाप्रबन्धक मनोज बस्नेतका अनुसार ‘स्टार्टअपसँग अन्नपूर्ण' अभियानमा जोडिएका नेपालका उत्कृष्ट स्टार्टअपहरूको बजारीकरण र उनीहरूका प्रोडक्टको ब्रान्डिङ र केयरिङका लागि  अमेरिकाका लागि स्थानीय पार्टनर रहेको भक्ति फाइनान्सीयल ग्रुपले उनीहरूको प्रोडक्टको बजारीकरण गर्न त्यहाँका स्थानीय युवा व्यवसायीमाझ उनीहरूका प्रोडक्टलाई चिनाउनका लागि रचनात्मक भूमिका खेलिदिने भएकाले नेपालका स्टार्टअप कम्पनीहरूले अन्तर्राष्ट्रिय मञ्च पाउनेछन् । 

यो अभियानमा  नेटवर्कका सबै प्लेटफर्महरू सहभागी हुनेछन । नेटवर्कले हाल नेपाली संस्करण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डटकम, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरू सञ्चालन गर्दै आइरहेको छ । 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.