मिसन ०८४ एमालेका लागि नभएर देश समृद्धका लागि हो : नेता राई

मिसन ०८४ एमालेका लागि नभएर देश समृद्धका लागि हो : नेता राई
तस्बिर : अन्नपूर्ण

उदयपुर : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोसी प्रदेश कमिटीका इन्चार्ज शेरधन राईले मिसन ८४ पार्टी संगठन मात्र नभई देश नै समृद्ध बनाउने योजना रहेको बताएका छन् । एमालेको नेतृत्वबाट मात्रै मुलुक समृद्ध बन्न सक्ने ठोकुवा गर्दै उनले भने,‘एमालेले अघि सारेको मिसन ८४ पार्टी र देश बलियो बनाउने एउटा सुनौलो अवसर हो ।'

नेकपा एमाले जिल्ला कमिटी उदयपुरको तेस्रो पूर्ण बैठकमा उपस्थिति जनाउन गाईघाट आइपुगेका नेता राईले मिसन ८४ यो देशका जनताको भाग्य र भविष्यसँग जोडिएकाले मसिनो ढंगले अध्ययन गरी पार्टीले योजना अघि सारेको बताए । 

इन्र्चाज राईले भने,‘हामी प्रत्येक मतदाताको घरमा पुग्ंछौ र जनताको समस्या बुझ्छौं र तत्काल सके समाधान गर्छौं नसके विकल्प खोज्छौं तर पूरा गरेर छाड्छौं,‘हिजोजस्तो टालटुले काम र फर्जि रिपोर्टिङ अब एमालेमा चल्दैन,'उनले भने,‘हिजो जेजस्तो गरे पनि हुन्छ भन्ने कसैले मनमा भ्रम पाल्नु भएको छ भने अहिले त्याग्नुस त्यस्तो रिपोर्टिङ र काम गर्ने नेता अव एमालेमा चाहिएको छैन र रहन पनि सक्दैन ।'

उनले हिजो टालटुले काम गरेर नेताको अघिपछि लाग्दा प्रमोशन हुने भन्ने थियो त्यो अब हुन सक्दैन त्यसैले तोकिएको जिम्मेवारी पूरा नगर्नेलाई घटुवा गर्ने नीति पार्टीले अघि सारेको बताए । नेता राईले भने, ‘गुटबन्दी,गलत लविङ गर्ने, प्रलोभनमा पार्ने जस्ता काम पार्टी हितविपरित रहेकाले त्यस्ता व्यक्तिलाई पछि पार्दै जनताको सरोकारका विषय वस्तुमा छलफल र काम गरिदिने नै अबको निर्वाचनको टिकटको दावेदार हुन् ।

उनले सामाजिक संजालको बढ्दो दुरुपयोगलाई न्युनिकरण गर्न कोशी प्रदेश कमिटीले नेता कार्यकर्ताका लागि १३ बुँदे आचारसंहिता जारी गरिसकेकाले त्यसलाई प्रचारविभागमार्फत निगरानी बढाइ कार्यान्वयन गर्न आग्रह गरे । उनले भने,‘चित्त नबुझेका, टिकट नदिएको झ्वाकमा सामाजिक संजालमा नेता र पार्टीका विरुद्ध जथाभावी लेख्ने काम भएको देखिन्छ,यदि त्यसो हो भने जो कोही नेतालाई छोडिन्न,त्यसैले सामाजिक सञ्जालको गहिरो अध्ययन गरौं ।'
  
नेता राईले भने,‘पार्टी भित्र असन्तुष्टि छ, नेता मन परेन, निर्णय चित्त बुझेन भने त्यसको सुनवाई गर्ने ठाँउ पार्टी कमिटी बैठकमा छ,तर ,त्यसो नगरी सामाजिक सञ्जालमा लेख्ने, चियाचौतारामा बोल्ने जो कोहीलाई छाडिन्न, एक पटक सच्याउने मौका दिनुस् नसुध्रिए बिदा गरिदिनुस् ।'

उनले यो वर्ष पार्टीले शुद्धिकरण र सुदृढिकरणको वर्ष भएकाले एक व्यक्ति एक पदको जिम्मेवारीलाई कार्यान्वयन गर्न आग्रह गरे । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.