सुनकोशीमा खसेको गाडी भेटियो, वेपत्ताको खोजिकार्य जारी

सुनकोशीमा खसेको गाडी भेटियो, वेपत्ताको खोजिकार्य जारी
तस्बिर : अन्नपूर्ण

सिन्धुली : शनिबार साँझ सुनकोसी नदीमा खसेको गाडी फेला परेको छ। खोटाङको हलेसी दर्शन गरेर भक्तपुर  फर्कँदै गरेको प्रदेश ३-०१०२३ च ६३६६ नम्बरको सुजुकी हाईलक्स गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका- १ कुडुले नजिकबाट सुनकोसी नदीमा खसेको थियो ।

उक्त गाडीमा सवार चारजनामध्ये तीनजना वेपत्ता छन् । एकजना गाडीबाट हामफालेर बाँच्न सफल भएका छन् । नदीमा वेपत्ता गाडि शनिबार राति २ बजे फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेका अनुसार गाडीका चालक सूर्यविनायक नगरपालिका भक्तपुर जगातीका ३२ वर्षीय अविन बाँके, सोही ठाउँका  ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन्।

उक्त दुर्घटनामा सूर्यविनायक नगरपालिका भक्तपुर जगातीकै २७ वर्षीय सुशान्त कक्षपती घाइते छन्। उनी गाडीबाट हामफालेर बाँच सफल भएका थिए। उनको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । 

प्रहरी उपरीक्षक काफ्लेका अनुसार सशस्त्र प्रहरीको गोताखोर टोलिले रातिनै गाडी पत्ता लगाएर नदीबाट बाहिर निकाले पनि गाडीमा सवार तिनैजानको भेटिएका छैन । वेपत्ताहरूको आइतबार बिहानैदेखि खोजी कार्य भइरहेको छ । 

वेपत्ताको खोजिमा सिन्धुलीका प्रहरी प्रमुख काफ्ले, सहायक प्रमुख जिल्ला अधिकारी, गोलन्जोर गाउँपालिका जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय खुर्कोट, जिल्ला प्रहरी कार्यालय सिन्धुली, सशस्त्र प्रहरीको टोली वेपत्ता हुनेहरूको अमफन्त, स्थानीयलगायत खटिएका छन् । 

गाडीमा चारजना यात्रु सवार थिए। दुर्घटनाबारे घाइते यात्रु कक्षपतीले प्रहरीलाई जानकारी दिएका थिए। खोटाङबाट फर्किएको गाडी आफै अनियन्त्रित भइ सडकबाट करिब ६० मिटर तल सुनकोसी नदीमा खसेको स्थानीय तथा गोलन्जोर गाउँपालिका १ का वडा अध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.