नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, कम्तिमा ३० जना घाइते

नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, कम्तिमा ३० जना घाइते

काठमाडौं : भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ। भारतको बिहार राज्यको समस्तीपुरमा बस दुर्घटना भएको हो।

दुर्घटनामा कम्तिमा ३० जना यात्रु घाइते भएका छन्। घाइते केही यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई सदर अस्पताल र मुश्रीघरास्थित निजी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

दुर्घटनामा परेको बस  बाराबाट तीर्थयात्री लिएर गएको खुलेको छ। 

बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवालले बारा गाउँपालिकाको- ३ मुर्तिपालियाबाट शनिबार तीर्थयात्री लिएर गएको बस दुर्घटनामा परेको खबर आएको पुष्टि गरे। उनले अन्नपूर्णलाई भने,' शनिबार मुर्तिपालियाबाट तीर्थयात्री लिएर बस गएको थियो। आज दुर्घटनामा परेको खबर आएको छ। घटनाबारे बुझिरहेका छौं। उनले  बसमा  ४३ यात्रु सवार रहेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा  बस दुर्घटनाबारे जानकारी आएको र सम्बन्धित ठाउँमा बुझिरहेका अन्नपूर्णलाई जानकारी दिए।

तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमा पल्टिएको थियो। बस देवघरतर्फ गइरहेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.