भारतीय कारबाट ७२ किलो गाँजा बरामद

भारतीय कारबाट ७२ किलो गाँजा बरामद
प्रहरीले नियन्त्रणमा लिएको कारको पछाडि राखिएको गाँजा। तस्बिर : अन्नपूर्ण

विराटनगर  : विराटनगरको बाटो हुँदै भारत पुर्‍याउन खोजिएको लागुऔषध गाँजा प्रहरीले आइतबार बिहान बरामद गरेको  छ ।  भारतीय नम्बर प्लेटका कारमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१८ बाट ७२ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

रानीबाट भेडियारीतर्फ जाँदै गरेको डब्लूबी १६ यू १०७१ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले बिहान २:३० बजेतिर आईसीपी सडकखण्डबाट नियन्त्रणमा लिएको थियो । 

डिएसपी बस्नेतका अनुसार प्रहरीले रोक्नासाथ कार ‘लक’ गरेर चालक फरार भएका थिए । कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ठूलो परिमाणमा लागऔषध गाँजा फेला परेको उनको भनाइ छ । 

कार रोकेको स्थाननजिकै रहेका अन्य ३ जना भारतीय नागरिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको जोगवनीका ४० वर्षीय वैजनाथ रजक, १८ वर्षीय पप्पुकुमार रजक र आलोककुमार रजकलाई पक्राउ गरिएको जानकारी बस्नेतले दिए । 

उनका अनुसार तीनै जना गाँजा ‘रिसिभ’ गर्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । ‘प्रहरीलाई देख्नासाथ कार रोकेर ‘लक’ गर्दै चालक फरार भए । कारमा लोड गरेर ल्याइएको गाँजा ‘रिसिभ’ गर्न ३ जना भारतीय बसिरहेको पाइयो,’ उनी भन्छन्, ‘उनीहरुलाई तत्काल पक्राउ गरिएको छ । कार चालकको खोजी भइरहेको छ ।’

तत्काल बरामद गर्न नसकेको भए गाँजा भारत कटाउने योजा रहेको प्रहरीको भनाइ छ । बस्नेतले नियन्त्रणमा लिइएको कारसहित बरामद भएको गाँजा र पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.