‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको नलेज पार्टनरमा एन.हब

‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको नलेज पार्टनरमा एन.हब

काठमाडौं : युवा उद्यमीहरुले सुरु गरेको स्टार्टअप व्यवसायको प्रवर्द्धन गर्न अन्नपूर्ण मिडिया नेटवर्कले सुरु गरेको ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानको नलेज पार्टनरमा एन.हब रहने भएको छ। आइतबार नेटवर्कको तीनकुनेस्थित केन्द्रिय कार्यालयमा भएको एक समारोहमा उक्त सम्झौता भएको हो। 

सम्झौता पत्रमा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र एन.हबका संस्थापक दिलिप भट्टराईले हस्ताक्षर गरे। एन. हबले स्टार्टअप समुदायलाई ज्ञानसहित परियोजना निर्माण र इन्क्यूवेसन लगायतका सेवा दिँदै आइरहेको छ।

‘यो सहकार्यले नेपाली युवा उद्यमीहरुलाई ज्ञान, स्रोत साधन र अनुभव प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नेछ’ एन.हबका संस्थापक दिलिप भट्टराईले भने, ‘अन्नपूर्णले सुरु गरेको यो अभियान निकै राम्रो छ। यसले देशभरका नवप्रवर्तनशील विचार र स्टार्टअपहरुले चिनाउन तिनीहरुको व्यावसायी वृद्धि विकासमा सघाई राष्ट्र तथा अन्तर्राष्ट्रियस्तरमा परिचत गराउनेछ।’

नलेज पार्टनरका रुपमा रहेको एन.हबले ‘स्टार्टअपसँग अन्नपूर्ण’ अभियानमा जोडिएका स्टार्टअप कम्पनीहरुलाई आवश्यक पर्ने सबै सेवाहरु प्रदान गर्नेछ। साथै उनीहरुको परियोजनालाई व्यवस्थित गर्नका लागि चाहिने विशेषज्ञ सेवासमेत प्रदान गर्नेछ।

यो अभियानमा नेटवर्कका सबै प्लेटफर्महरु सहभागी हुनेछन। नेटवर्कले हाल नेपाली संकरण अन्नपूर्ण पोस्ट दैनिक, अंग्रेजी द अन्नपूर्ण एक्सप्रेस डेली, अनलाइन न्यूज पोर्टल अन्नपूर्ण पोस्ट डट कम, रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज, एपीवान टेलिभिजनलगायतका मिडिया प्लेटफर्महरु सञ्चालन गदै आइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.