हुलाकी सडक मिचेर प्रसारण लाइन विस्तार गर्दै प्राधिकरण

हुलाकी सडक मिचेर प्रसारण लाइन विस्तार गर्दै प्राधिकरण

जनकपुरधाम : महोत्तरीको एक पालिकामा अवैधानिक रूपमा हुलाकी सडक मिचेर ३३ केभीको प्रसारण लाइन विस्तार गर्दै गरेको पाइएको छ। महोत्तरीको गौशाला नगरपालिका १ रामनगरस्थित जंगल र गाउँ क्षेत्रभित्र हुलाकी सडकको क्षेत्राधिकार मिचेर ३३ केभीको प्रसारण लाइन विद्युत् प्राधिकरण र उद्योगले जबरजस्ती विस्तार गरेको हो।

हाल विस्तारका क्रममा रहेको बर्दिबासस्थित माइस्थान–गौशाला चोक भएर रामनगर जंगल हुँदै बस्तीबाट ३३ केभी प्रसारण लाइनको पोल गाड्न थालेपछि हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले पोल नगाड्न पत्र पठाएको छ। 

महोत्तरी गौशाला नगरपालिका-१ इँटाटारमा स्थापित नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्राइभेट लिमिटेडका लागि विस्तार गर्न लागेको ३३ केभीको प्रसारण लाइनका लागि पोल गाड्ने क्रममा स्थानीयले विरोध जनाएपछि हुलाकी सडकले पनि सडकको क्षेत्राधिकारभित्र पोल नगाड्ने जिल्ला प्रशासन कार्यालय, महोत्तरी र गौशाला नगरपालिका तथा विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय, जनकपुर र वितरण केन्द्र गौशालालाई पत्र पठाएको हो।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामबाट २०८० भदौ २४ गते मधेस प्रदेशस्थित प्रादेशिक कार्यालय जनकपुर र गौशाला वितरण केन्द्रलाई हुलाकी सडक अन्तर्गत माईस्थान–गौशाला–सम्सी सडकको अधिकार क्षेत्र सडकको केन्द्रबिन्दुबाट १५/१५ मिटर दायाँ–बायाँ रहेकाले सो सीमा बाहिर पोल गाड्न सहमति दिएको छ। प्राधिकरणले सडकको सहमतिलाई अटेर गर्दै जबरजस्ती जंगलमा पोल गाडेको र गाउँबस्तीमा गाड्न बल प्रयोगको कसरत गरिरहेको स्थानीय गिरिशमान शाहले अन्नपूर्णलाई बताए।

विद्युत् प्रसारण लाइनले वातावरणीय प्रभाव, वृक्षहरूको कटान तथा जीवजन्तु तथा वन्यजन्तुहरूमा समेत प्रतिकूल प्रभाव पर्ने भएकोले गाउँ बस्तीभन्दा टाढाबाट विद्युत् लैजान आग्रह गर्दागर्दै पनि विद्युत् र उद्योगले गाउँबाट लैजान जबरजस्ती गरेपछि स्थानीयले अवरोध जनाएको छ।

यता नेपाल विद्युत् प्राधिकरणका मधेस प्रदेश, प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले हुलाकी सडकले खाली गराएर दिनुपर्ने अन्यथा सडक पिचको केही फिटमा हाललाई पोल गाडिएको बताए। उनले भने, ‘कि त सडकले खाली गराएर हामीलाई दिनुपर्‍यो, हैन भने हामी बल प्रयोग गरेर पनि लग्छौं। त्यहाँ गाउँको लाइन काटेरसमेत लग्छौं।’ पत्रकारसँगको जिज्ञासामा प्रमुख ठाकुरले गाउँलेले विरोध गरेर केही नहुने बताउँदै विद्युत् उद्योगसम्म पुर्‍याएर छाड्ने दाबी गरे।

३३ हजार केभीको विद्युतको प्रसारण लाइन विस्तारमा तारमुनि घर बनाउन नपाइने, घरको नक्सा पास नहुने तथा लाइनिङ क्षेत्रको जग्गा कौडीको भाउमा परिणत हुने भएकाले गाउँलेहरूले विरोध गरिरहेको हुन्। गरिब दिन दुःखी बस्ने गाउँघरमा भएको घर र जग्गालाई पनि विद्युतीकरणको नाममा कौडी बनाउने सोचेर यहाँका जनताले अवरोध गरिरहेको संघर्ष समितिका संयोजक नरेश कुशवाहाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.