स्याङ्जाका किसानले राहत पाएनन्

स्याङ्जाका किसानले राहत पाएनन्

स्याङजा : वन्यजन्तुको आक्रमणबाट पीडित स्याङ्जाका किसानले झण्डै २ वर्षदेखि राहत पाएका छैनन्। सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जा (फेकोफन)ले आयोजना गरेको वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० सम्बन्धी प्रशिक्षण कार्यक्रममा सहभागीले राहत नपाएको बताएका हुन्। 

पुतलीबजार नगरपालिका-५ पौवेगौडेका डिलमाया पौडलले वर्ष दिन पुग्दा समेत राहत नपाएको भनिन्। रातको समयमा आएको चितुवाले आफ्नो खोरमा बाँधिएका २ वटा बाख्रालाई मारेपछि डिभिजन कार्यालयमा राहतवापतको नगद माग गरेकी उनले ८ महिना पुग्दा समेत नपाएको गुनासो गरिन्। 

डिभिजन कार्यालयका वन अधिकृत अम्बरबहादुर पराजुलीले २० महिनादेखि किसानका राहत रोकिएको बताए। यसअघि वन्यजन्तुले आक्रमण गरेपछि सत्यतथ्य ठहरिएमा एक महिनाभित्र राहत उपलब्ध गराउने गरेको बताए। 

यसका लागि कुनै समयसीमा नभएको र अहिले जस्तो घटना कहिल्यै नभएको पनि उनले बताए। ‘यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट उपलब्ध हुँदै आएको राहत २ वर्षअघि वन निर्देशनालय मार्फत दिने निर्णय भएको थियो। निकुञ्जतर्फका निकुञ्जले र वनतर्फका बनले राहत दिनेगरी निर्णय भए पनि बजेटमा समावेश नगरिदिँदा यस्तो अन्यौल भएको हो। त्यसपछि राहत आएको छैन। निर्देशनालयमा राहतका सिफारिस पठाएका छौं। अब पठाउँछौं भन्ने खबर आएको छ। यसवर्ष प्रदेश र संघ दुवैतर्फ बजेट छुट्ट्याउने रहेछ। अब किसानकै खातामा राहतवापतको रकम आउनेछ,’ उनले भने।  

स्याङ्जाले जिल्लाभरका राहतवापत संकलित १८ लाख ८७ हजार ८० रुपैयाँ बराबरको सिफारिस गरी पठाएको छ। जिल्लामा ३ सय २५ वटा घटनामा एउटा मानवीय क्षति भएको छ। ती मध्ये ३ सय ३८ वटा पशुधनको क्षति, पक्षीमा कालिज समेतगरी २ सय ७० वटा र अन्नबाली गरी २० क्विन्टल मकै क्षति भएको छ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.