करिब डेढ क्विन्टल रक्तचन्दन बरामद

करिब डेढ क्विन्टल रक्तचन्दन बरामद
तस्बिर : अन्नपूर्ण

परासी : नवलपरासीबाट करिब डेढ क्विन्टल रक्तचन्दनसहित एक जना पक्राउ परेका छन् । रामग्राम नगरपालिका–८ लोसडाबाट आइतबार ८१ थान रक्तचन्दन बरामद भएको हो । रक्तचन्दन लुकाएर राखेको भन्ने सूचना पाएर गएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले स्थानीय प्रमोद गिरीको घरमा लुकाएर राखेको अवस्थामा १३० केजी रक्तचन्दन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहाराले जानकारी दिए । 

रक्तचन्दन प्रतिबन्धित वनस्पतिअन्तर्गत पर्दछ । भारतबाट नेपालहुँदै चाइनातर्फ लैजाने उद्देश्यले रक्तचन्दन ल्याएर लुकाएर राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । चिनसम्म पुर्‍याउँदा यसको मूल्य प्रति केजी १५ हजार पर्न सक्ने प्रहरीले अनुमान गरेको छ । जसअनुसार यसको मूल्य १५ लाख १९ हजार हुन आउँछ । बरामद भएको रक्तचन्दन र पक्राउ  परेका गिरीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको छ । 

प्रहरीबाट पठाइएका व्यक्ति र रक्तचन्दनलाई साइटिस (दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धी) अन्तर्गत अदालतमार्फत कारबाही पक्रिया अगाडि बढाइने डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मेघनाथ काफ्लेले बताए । 

महासन्धिअनुसार नेपालमा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ को पहिलो संशोधन २०७५ मा त्यस्तो कारोबार गर्ने व्यक्तिलाई १ वर्षदेखि ५ वर्षसम्म कैद वा १ लाखदेखि ५ लाखसम्म जरीवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमै प्रतिबन्धित रहेको उक्त रक्तचन्दन भने जुन देशबार आएको हो त्यही फिर्ता पठाउनुपर्ने प्रावधान रहेको वरिष्ठ वन अधिकृत काफ्लेले बताए । यसअघि २०६४ सालमा बरामद भएको  ७६ क्विन्टल रक्तचन्दन फिर्ताका लागि भारतमा पत्रचार गरेपनि नलगेका कारण कार्यालयको गोदाममै रहेको डिभिजन वन कार्यालयले जनाएको छ । त्यसबेला पक्राउ परेका कारोबारमा संलग्न ५ जनाले अदालतबाट सजाय पाएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.