पथलैयामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पथलैयामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिमरा: बाराको पथलैयामा आइतबार दिउँसो कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही कर्मैया-९ का ३५ वर्षीय मानबहादुर प्रधान रहेका छन्।

त्रिभुवन राजपथ अन्तर्गत पथलैयाबाट करिब एक किलोमिटर उत्तरतर्फ दुर्घटना भएको हो। हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको बा५८प ४१४५ नम्बरको मोटरसाइकललाई बीएबी ५०३५ नम्बरको कारले ठक्कर दिएको थियो।

कारको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको छ। यसअघि पथलैयामा शनिबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय आदेश तामाङको मृत्यु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.