डोल्पु गाउँ लुटपाट घटनाका आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

डोल्पु गाउँ लुटपाट घटनाका आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

मुगु : मुगुम कार्मारोङ गाउँपालिका-२ डोल्पु गाउँमा गत जेठ १२ गते राति भएको लुटपाट घटनाका आरोपितलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश भएको छ।

मुगुम कार्मारोङ गाउँपालिका-२ डोल्पु गाउँमा भएको सामूहिक लुटपाट घटनाका आरोपित व्यक्तिहरूलाई जिल्ला अदालत मुगुका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले भदौ ९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

सरकारी वकिल कार्यालय मुगुले भदौ २ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो। डाँका हातहतियार तथा खरखजाना एवं संगठित उपराधका २४ थान मुद्दाका आरोपित आक्रोश पर्से भन्ने गणेश भण्डारी, पाउरोटी भन्ने पूर्णप्रसाद भण्डारीलाई थुनामा राख्ने आदेश र अन्य फरार आरोपित नवराज बुढा, मानबहादुर बुढा, धनप्रसाद भण्डारी, देव रावतलाई पक्राउ गर्न आदेश भएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार हीरालाल भुसालले बताए। 

घटनामा प्रयोग भएको बन्दुक पूर्वजनमुक्ति सेनाको

उक्त लुटपाट घटनामा प्रयोग गरिएको एसएलआर १ थान, यसको म्यागजिन दुई थान, यसमा लाग्ने गोली २५ राउन्ड, कटुवा पेस्तोल १ थान, झोला १ थान, कमब्याट रंगको रेनकोट ५ जोडी, कालो रंगको सल १ थान, ह्यान्ड सेट ३ थान र बाइनाकुलर १ थान र गोलीका खोका प्रहरीले बरामद गरेको थियो।

आरोपितले जुम्लाका विभिन्न स्थानमा लुकाइराखेका ती हातहतियार प्रहरीले बरामद गरेको थियो। आरोपित आक्रोश भन्ने गणेश भण्डारीले प्रहरीलाई दिएको बयानअनुसार नेकपा माओवादीका पूर्वजनमुक्ति सेना देव रावतबाट एसएलआर बन्दुक र यसमा लाग्ने गोली र म्याग्जिन आफूले ल्याएका हुन्।

बरामद हातहतियारहरूको परीक्षणका लागि प्रहरीले विधि विज्ञानशाला काठमाडौं पठाएको र प्रयोग भएको हातहतियारका बारे थप जानकारी परीक्षणपश्चात् जानकारी हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार ३५ तोला सुन, ९ सय ९४.५ तोला चाँदी, बुद्धका मूर्ति २, रिणमोक्ष मूर्ति १ मुगाको माला ९५ तोला यार्सा मोबाइल नगद ५० लाख २५ हजार रुपैयाँसहित अन्य धनमालहरू लुटपाट गरेको पीडितहरूले जाहेरी दिएका थिए।

जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय मुगु, जुम्ला र कर्णाली प्रदेश प्रहरीले विभिन्न ७ वटा स्थानमा प्रहरी टोली खटिई घटना भएको १ महिनापछि घटनामा संलग्नहरू ८ जनामध्ये तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको थियो। प्रहरी घटनामा संलग्नहरूलाई जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.