सुनकोशी नदीमा गाडीसहित बेपत्ता यात्रु अझै भेटिएनन्

सुनकोशी नदीमा गाडीसहित बेपत्ता यात्रु अझै भेटिएनन्

सिन्धुली : शनिबार साँझ सुनकोसी नदीमा खसेको गाडी फेला परे पनि त्यसमा सवार यात्रुहरू अझै भेटिएका छैनन्। खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको प्रदेश ३–०१०२३ च ६३६६ नम्बरको सुजुकी हाइलक्स गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका-१ कुडुले नजिक मध्य पहाडी राजमार्गबाट सुनकोसी नदीमा खसेको थियो।

उक्त गाडीमा सवार चारजनामध्ये तीनजना बेपत्ता छन्। एकजना गाडीबाट हामफालेर बाँच्न सफल भएका थिए। नदीमा बेपत्ता गाडी आइतबार बिहान करिब २ बजे फेला परेर सशस्त्र प्रहरीको गोताखोर टिमले नदी बाहिर निकालेको छ। 

दुर्घटना भएदेखि रातभर उद्धार कार्यत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले गाडीमा बेपत्ता भएकाहरू भने फेला पार्न सकेका छैनन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेका अनुसार गाडीका चालक सूर्यविनायक नगरपालिका भक्तपुर जगातीका ३२ वर्षीय अविन बाँके, सोही ठाउँका वर्ष ३० का प्रनित स्यागु र वर्ष ३७ का बलराम घटुवा बेपत्ता रहेका छन्।

उनीहरूको शनिबारदेखि आइतबार अबेरसम्म खोजतलास गरिएको भएपनि कुनै पत्तो लाग्न सकेको छैन। दुर्घटनाका बेपत्ताहरूको खोजिमा सिन्धुलीका प्रहरी प्रमुख काफ्ले, सहायक प्रमुख जिल्ला अधिकारी, गोलन्जोर गाउँपालिका जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय खुर्कोट, जिल्ला प्रहरी कार्यालय सिन्धुली, सशस्त्र प्रहरीको टोली, बेपत्ता हुनेहरूको आफन्त, स्थानीयलगायत आइतबार दिनभर खटिएका थिए।

सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार दिनभर सुनकोसी नदीमा र्‍याफ्टिङ मार्फत सुनकोसी नदीको करिब ३२ किलोमिटर तल उदयपुरको घुर्मीसम्म बेपत्ताको खोजी गरेको थियो। गाडी दुर्घटना भएर नदीमा डुब्दा एक जना बाँच्न सफल भएका थिए।

उक्त दुर्घटनामा सूर्यविनायक नगरपालिका भक्तपुर जगातीकै २७ वर्षीय सुशान्त कक्षपती गाडीबाट हामफालेर बाच्न सफल भएका हुन्। उनको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ। ‘अन्य बेपत्ता भएका तीनै जनालाई गाडीमै भेट्ने आशा गरिएको भएपनि गाडी निकाल्न नभेटिएपछि आइतबार पनि दिनभर खोजी कार्य जारी राखिएको थियो। तर बेपत्ताको कुनै पत्तो लाग्न सकेको छैन,’ प्रहरी प्रमुख काफ्लेले भने।

बेपत्ता भएकाहरूको आफन्तहरू समेत आइतबार बिहानैदेखि खोजी कार्यमा जुटेका छन्। गाडीमा चारजना यात्रुहरू सवार थिए। दुर्घटनाबारे घाइते यात्रु कक्षपतीले प्रहरीलाई जानकारी दिएका थिए। खोटाङबाट फर्किएको गाडी आफै अनियन्त्रित भइ सडकबाट करिब ६० मिटर तल सुनकोसी नदीमा खसेको स्थानीय तथा गोलन्जोर गाउँपालिका-१ का वडाध्यक्ष सोमप्रसाद बरालले बताए।

मध्येपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी खण्डमा भएको उक्त दुर्घटना सडक मर्मत गर्दा थुपारिएको मसिनो गिट्टीका कारण पनि हुन सक्ने आशंका गरिएको वडा अध्यक्ष बरालको भनाइ छ। गाडी खसेकै स्थानमा बेपत्ताहरू नभएको हुन सक्ने आशंकामा घुर्मीसम्म नदीमा प्रहरी र स्थानीयले आइतबार दिनभर खोजी कार्य जारी राखे पनि नभेटिएपछि भोलि पुन खोजी कार्य जारी राख्ने गरी अहिले फर्किएका छन्। 

नदीमा पानीको बहाव बढेका कारण खोजि कार्यगर्न थप कठिनाइ भएको छ। यसअघि एक वर्षअघि मध्य पहाडी लोकमार्ग अन्तर्गत नै घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) गाडी सुनकोसी नदीमा खस्दा (सीटीईभीटी)का २ निर्देशकसहित ३ जना बेपत्ता भएका थिए। उनीहरू सवार गाडी र शव एक साता पछि फेला पारिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.