सिन्धुलीमा चुनियाखोलाले बगाउँदा एकको मृत्यु

सिन्धुलीमा चुनियाखोलाले बगाउँदा एकको मृत्यु

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकामा आइतबार खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। मरिण गाउँपालिका-७ स्थित चुनिया खोलाले बगाउँदा सोही वडाको दधिदमार बस्ने २८ वर्षीय ज्ञान बहादुर भोलनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सिन्धुली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काका अनुसार भोलनलाई खोलाले बगाएको खबर प्राप्त हुनासाथ  इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी टोली खटि गई खोजतलास गर्दा भोलनलाई मृत अवस्थामा फेला पारिएको थियो। 

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले बाख्रा चराउन गएका भोलनलाई घर फर्कने क्रममा चुनिया खोला तर्ने क्रममा बगाएको मृत्यु भएका बताए। ‘आइतबार दिउँसो परेको पानीसँगै आएको बाढीले बगाउँदा भोलनको मृत्यु भएको हो। प्रहरी र गाउँपालिकाको टोलीसमेत नदीमा पुग्दा उनलाई मृत अवस्थामा भेटिएको हो,’ उनले भने।

मृतक भोलनको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमर्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा ल्याइएको अध्यक्ष मोक्तानले  बताए। उक्त घटनाका विषयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.