स्टारबक्सका नयाँ सीईओलाई कार्यालय आउजाउ गर्न जेट

स्टारबक्सका नयाँ सीईओलाई कार्यालय आउजाउ गर्न जेट

काठमाडौं : अमेरिकी कफी हाउस चेन स्टारबक्सका नब घोषित प्रमुख कार्यकारी अधिकारी (सीईओ) ब्रायन निकोल पद सम्हाल्नुअघि नै आलोचनाका कारण चर्चामा आएका छन्।

क्यालिफोर्नियाको न्युपोर्टबीचमा रहेको आफ्नो घरबाट कर्पोरेट जेटमा सियाटलमा रहेको कार्यालयको मुख्यालयमा लगभग १ हजार माइल (१६ सय किलोमिटर) यात्रा गर्ने खुलासा भएपछि आलोचनामा परेका हुन्। हरेक दिन कार्यालय जान कर्पोरेट प्लेन प्रयोग गर्न कम्पनीले उनलाई दिएको अफर लेटरबाट खुलासा भएदेखि विश्वभरी नै सीईओहरूको जीवनशैलीमाथि प्रश्न उठाउन थालेका छन्।

कार्यालय आउने जाने उनको सबै खर्च कम्पनीले बेहोर्ने भनिएको छ। यो खबर बाहिर आएपछि सामाजिक सञ्जालमा मानिसहरूले निकोलको आलोचना गरिरहेका छन्। वातावरणीय मुद्दाहरूमा कम्पनीको सार्वजनिक अडान र यसका शीर्ष अधिकारीको जीवनशैलीमा ठूलो भिन्नता देखिएको मानिसले बताइरहेका छन्। निकोलले सेप्टेम्बर ९ मा विश्वको सबैभन्दा ठूलो कफी शप चेन स्टारबक्सको सीईओको पदभार ग्रहण गर्दैछन्। निकोलले पाएको जब अफरमा उनले सातामा कम्तिमा तीन दिन कम्पनीको मुख्यालयबाट काम गर्नुपर्ने भनिएको छ।

निकोलको जागिरको प्रस्तावमा कम्पनीको मुख्यालयमा स्थानान्तरण गर्न आवश्यक पर्दैन भन्दै उनलाई आफ्नो निवासबाट कम्पनीको मुख्यालयमा यात्रा गर्न सहमत हुनुहुन्छ भनेर पत्र काटिएको थियो। तपाईंको कर्तव्य र जिम्मेवारी पूरा गर्न आवश्यक छ।

समाचार संस्था बीबीसीका अनुसार उनलाई दिएको कागजातमा भनिएको छ कि उनी कम्पनीको विमान ‘व्यवसाय सम्बन्धित यात्रा’ र ‘उनकोे निवास सहर र कम्पनीको मुख्यालयबीचको यात्रा’ का लागि प्रयोग गर्न योग्य हुने भनेर भनिएको छ। स्टारबक्सले क्यालिफोर्नियाबाट काम गर्दा मिस्टर निकोलको लागि न्युपोर्टबीचमा एउटा सानो रिमोट अफिस स्थापना गर्ने पनि तयारी गरेको छ। जागिरका लागि निकोलले घर सर्नुको सट्टा कम्पनीलाई नै आफ्नो आउजाउको खर्च बेहोर्न लगाएका हुन्। रोजगार सम्झौता अनुसार अमेरिकाको क्यालिफोर्नियामा बस्ने निकोलले हरेक दिन कर्पोरेट जेटमा सिएटलको स्टारबक्स मुख्यालय जाने र आउने गर्छन्।

निकोलले १.६ मिलियन डलरको वार्षिक बेसिक तलब पाउँछन्। यसबाहेक, उनी आफ्नो कार्य प्रगतिका आधारमा ३.६ मिलियन डलरदेखि ७.२ मिलियन डलरसम्मको नगद बोनस पाउँछन्। यति मात्र होइन उनले २३ मिलियन डलरसम्मको वार्षिक इक्विटी पुरस्कार कमाउने अवसर पनि प्राप्त गर्नेछन्। निकोलको लागि यस्तो व्यवस्था पछाडि स्टारबक्सको हालको प्रदर्शनसँग सम्बन्धित छ। वर्तमान सीईओ लक्ष्मण नरसिंहनको नेतृत्वमा, कम्पनीको सबैभन्दा ठूलो बजार अमेरिका र चीनमा बिक्री यस वर्ष घटेको छ। लक्ष्मण २०२२ मा स्टारबक्समा सामेल भएका थिए।

यस्तो अवस्थामा निकोलबाट स्टारबक्सले धेरै आशा राखेको छ। उनको नेतृत्वमा कम्पनीको सेयर लगभग ७ सय ७३ प्रतिशत बढेको छ। निकोलको लागि भने नयाँ होइन। जब उनी २०१८ मा चिपोटलको सीईओ थिए। उनले यस्तै सम्झौता गरेका थिए।

निकोल मार्च २०१९ देखि चिपोटल मेक्सिकन ग्रिलको नेतृत्व गर्दै थिए। निकोल यसअघि कम्पनीको सीईओ र निर्देशक थिए। २०२० मार्चदेखि उनले बोर्डको अध्यक्षको रूपमा आफ्नो जिम्मेवारी सम्हाल्दै आएका थिए। 

नक्सामा उल्लेख भएअनुसार क्यालिफोर्निया र सिएटलको न्युपोर्टबीचको यात्रा गर्न तीन घण्टा समय लाग्छ। स्टारबक्सले निकोलको बारेमा भनेको छ, ‘हाम्रो उद्योगमा सबैभन्दा प्रभावकारी नेताहरूमध्ये एक थिए। र उनको क्षतिपूर्ति ‘कम्पनीको कार्यसम्पादन र हाम्रा सबै सरोकारवालाहरूको साझा सफलतासँग सीधै जोडिएको थियो।’

कफी चेनले फ्ल्यागिङ बिक्रीलाई बढावा दिनका लागि निकोललाई सीईओका रूपमा घोषणा गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.