प्रहरीलाई गृहमन्त्रीको निर्देशन : काठमाडौंमा हुने हरेक गतिविधिले नेपाललाई देखाउँछ, चनाखो भएर काम गर्नू

प्रहरीलाई गृहमन्त्रीको निर्देशन : काठमाडौंमा हुने हरेक गतिविधिले नेपाललाई देखाउँछ, चनाखो भएर काम गर्नू
तस्बिर : रासस

काठमाडौं : गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राखेर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार  जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्न प्रहरीलाई  निर्देशन दिएका हुन्।

'सरकार र प्रहरीले जनतालाई दिइने सेवा प्रहावमा कुनै कमिकमजोरी हुन दिनुहुँदै,'मन्त्री लेखकले भने,'नजनताले विधिको शासन, लोकतन्त्रको, सुरक्षाको , शान्ति सुविधाको अनुभूति गर्न पाउनुपर्छ।'

उनले काठमाडौंमा हुने हरेक गतिविधिले नेपालाई देखाउने भन्दै चनाखो भएर काम गर्न प्रहरीलाई आग्रह गरे। 'काठमाडौं नेपालको राजधानी हो । काठमाडौंमा हुने प्रत्येक गतिविधिले नेपाललाई देखाउँछ।  विदेशी पर्यटक सबैभन्दा बढी काठमाडौंमा आउनुहुन्छ। देशका महत्वपूर्ण निकायहरू कार्यापालिका, न्यायापालिका र व्यवस्थापिका काठमाडौंमै छन्,'उनले भने,' यहाँका गतिविधिहरूलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्नु सरकार र राज्यको कर्तव्य हो। यसमा प्रहरीको भूमिका महत्वपूर्ण छ।'

मन्त्री लेखकले सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको उल्लेख छ। नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ र जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उनको भनाइ छ। मन्त्री लेखकले भने,'यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकून् । सरकारले प्रदान गर्ने सेवा मध्ये  प्रहरीले प्रदान गर्ने महत्वपूर्ण सेवा हो।'

मन्त्री लेखकले अहिलेको सरकार केही मान्छेलाई मन्त्री बनाउने उद्देश्यले निर्माण नभएको बताए। 'मुलुकमा ठूला दुई राजनीतिक दलहरू मिलेर नयाँ समीकरण बनेको छ। हामी केही मान्छेहरू मन्त्री बनिहालौं भन्ने मात्रै उद्देश्य बनेको सरकार होइन। ०८९ सालमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भएपछि झन्डै डेढ  वर्षको अवधिमा मुलुकमा स्थिर सरकार हुन सकेन। प्रत्येक दुई महिना या तीन महिनामा सम्मानीय प्रधानमन्त्रीजीले अथवा प्रदेशमा मुख्यमन्त्रीहरूले विश्वासको मत लिनुपर्ने। एउटा सरकार बन्ने अर्को सरकार भत्किने। काठमाडौंमा सरकार परिवर्तन हुने वित्तिकै सातै प्रदेशमा सरकार परिवर्तन हुने । हामीले हाम्रो अधिकांश समय यीयस्तै राजनीतिमा रुमल्लिरहेको अवस्था थियो।  सरकारको अस्थिरताका कारण नै मुलुकमा केही सकारात्मक प्रभावहरू देखिन सकेनन। मु्लुकको अर्थतन्त्र क्रियाशील भएन। विकास निर्माण कामहरू द्रूत गतिमा अगाडि बढ्न सकेनन्। पुँजीगत खर्चको अवस्था देखिहाल्यौं,'उनले भने,'यसकारण दुई दलले नयाँ अठोट लिए। त्यही अठोटका साथ सरकारले काम गरिरहेको छ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.