समानुपातिक र नीतिगत तहमा प्रतिनिधित्व मङ्गलादेवी नेतृत्वको आन्दोलनको उपलब्धि : उपप्रधानमन्त्री
काठमाडौं : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार गठनका बेला कांग्रेस–एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढेको बताएका छन्। नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष एवं महिला नेतृ मङ्गलादेवी सिंहको मृति दिवसका अवसरमा काठमाडौंको शोभा भगवतीमा रहेको मङ्गलादेवीको सालिकमा माल्यार्पण गर्दै सिंहले यस्तो बताएका छन्।
उनले जनतालाई सुशासन दिने सवालमा सरकार गम्भीर भएर अघि बढेको धारणा राखे । आवश्यता अनुसार संविधान संशोधन हुने उनको भनाइ छ । उनले अहिले संविधानमा रहेको समावेशी,समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उल्लेख गरे।
कार्यक्रममा मङ्गलादेवी फाउन्डेसनको अध्यक्ष सिर्जना सिंहले मङ्गलादेवी महिलाका लागि प्रेरणा श्रोत रहेको जनाउँदै उनले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताइन्।